४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिर्तामोडमा ५० लाखको राहत कोष


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

photo1

बिर्तामोड    १८ , चैत /
लकडाउनका कारण  विपन्नहरु भोकमरीमा पर्नसक्ने अबस्थालाई  मध्यनजर गरी खाद्यान्न वितरण गर्नका लागि  बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । राहत कोषमा प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको तलब भत्ता प्रदान गर्ने भएका छन् । विपद् व्यवस्थापन समितिको कोषमा जनप्रतिनिधिहरुले तलब भत्ता दिएर सहयोग गर्ने भएका  हुन् ।   नगरपालिकाले त्यस राहत कोषमा सहयोग गर्न  विभिन्न संघसंस्था र ब्यक्तिहरुलाई  समेत आह्वान गर्ने निर्णय गरेको बिर्तामोड —३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए । उनले सहयोगीहरुबाट नगद र जिन्सी दुवै लिने निर्णय गरिएको जानकारी दिए । राहत कोषका लागि मंगलबार बैंक खाता खोलिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन गर्न  कार्यबिधि बनाएर  नगर प्रमुख ध्रुबकुमार शिवाकोटी संयोजक, उप प्रमुख पबित्रा महतारा प्रसाई सहसंयोजक , सबै वडाध्यक्षहरु सदस्य रहने गरी एक नगरस्तरीय समिति  गठन गरिएको छ । समितिको सोमबार बसेको बैठकले  खानै नपुग्ने अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले बताए ।  उनका अनुसार टोल विकास समितिमार्फत विपन्न परिवारको विवरण संकलन गरी वडा कार्यालयमा बुझाउने र  वडाले दिएको तथ्यांकलाई छानबिन गरी नगरपालिकाले राहत उपलब्ध गराउने छ । नगरपालिकाले विपन्न  गरिव , असहाय र अशक्त पहिचान गर्न  मापदण्ड नै बनाएको छ । बिर्तामोडमा कोरोना भाइरसको आशंकामा ३ जनालाई क्वारेन्टाइनमा र ५९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०३ बजे