१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहारा नेपाल साकाेसका कर्मचारीद्वारा कोरोना प्रकोपमा परेकालाई २० लाख दिने घोषणा


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

20200326_103315
विर्तामोड १३, चैत / देशमा कोरोनाको कहर बडदै गएकोे अवस्थामा प्रदेश १ का जिल्लाका नागरिकहरु पनि प्रभावित बन्न थालेका छन । दिनप्रतिदिन कोरोना संक्रमित बढने सम्भावना देखिएको अवस्थालाई मध्येनजर गरेर देशकै उत्कृष्ठ मध्येको एक सहकारी सहारा नेपाल साकोसले सहारा कर्मचारी मानवीय सहयाता कोषबाट क्वारेन्टाइनमा बसेका विरामीहरुलाई खाद्यायन्न सामाग्री उपलब्ध गराउने उदेश्यले २० लाख रकम दिने घोषणा गरेको छ ।

बुधबार बसेको कर्मचारीहरुको बैठकले उक्त रमक उपलब्ध गराउने निर्णय गरेको सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

२० लाख रकम कुनै सार्वजनिक कोष खडा गरेर हैन कर्मचारीहरुको आन्तरिक बचत रकम मार्फत दिईन लागिएको बताईएको छ । सहयोग रकम जिल्ला विपत व्यवस्थापन समिति मार्फत उपलब्ध गराईने निर्देशक गिरीले बताए ।

सहारा नेपाल साकोसको कार्यक्षेत्र, झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, पाँचथर लगायतका जिल्लामा रहेर क्वारेन्टायनमा बसेका हरुकालागि सहयोग गर्न लागिएको बताईएको छ ।
झापाको विर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेर पूर्वका ६ जिल्लामा सेवा क्षेत्र बनाईसकेको सहारा नेपाल साकोसमा हाल ६ सय भन्दा धेरै कर्मचारी आबद्ध रहेका छन ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ४ : ५३ बजे