१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिमानाकाे पिलर ढल्दा पनि बेखबर, ढलेकाे पिलर लुगा धुने काममा प्रयाेग


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares

20200309_190009

गौरीगंज २६, फागुन / नेपाल भारत सिमाना छुट्याउने दसगजा क्षेत्रमा गौरीगंज गाउँपालिका वडा नं -४ काे बाह्रसुद्दीमा रहेकाे पिल्लर ढलेकाे छ। बाह्रसुदीकाे गौरीया खाेलामा रहेकाे १४९ काे २४ नंम्बर पिल्लर ढलेकाे हाे। पिल्लर भएकाे स्थानमा खाेला बगिरहेकाले गत असार महिनामा खाेलामा बाढी आउँदा पिल्लर लडेकाे स्थानियबासी बताउँछन् ।बर्षादकाे समयमा पिल्लर ढलेपनि त्यसलाई उठाउने वा मर्मत गर्ने कुनै प्रकारकाे कहिकतैबाट पहल भएकाे छैन। त्यस क्षेत्रमा बसाेवास गर्ने भारतीय नागरिकहरुले लडेकाे पिल्लरलाई लुगा धुने र नुहाउने काममा प्रयाेग गरिरहेका छन् । गौरीगंज क्षेत्रमा झापा जिल्लाकाे पश्चिम सिमाना रतुवा देखि पुर्बमा किस्ने खाेलासम्म ठुला साना गरि ४९ वटा पिल्लर रहेका छन् ।

20200309_190222
>भारतीय प्रहरी एसएसबीले बेलाबेलामा पिलर सुमसुम्याउँन आउँछन् : स्थानीयवासी

गौरीगंज गाउँपालिका वडा नं -४ काे बाह्रसुदी बस्तिमा नेपाल तर्फनै पि पि ३३ नम्बरकाे पुरानाे पिल्लर रहेकाे छ। पुरानाे पिल्लर रहेकाे स्थानमा ८/९ घर ऋवहरुकाे बस्ती छ। केही बर्ष पहिले नेपाल भारत दुबै तर्फबाट संयुक्त रुपमा नापी गरी पुरानाे ३३ नम्बर पिल्लर नेपाल तर्फ परेकाे यकिन गरेकाे थियाे । उत्त स्थानमा नयाँ नाप अनुसार सिमाना केही दक्षिण तर्फ सरेकाे भएर नयाँ पिलर गाडिएकाे स्थानिय जयराम ऋषिदेव बताउँछन् । पुरानाे पिलर भएकाे स्थानमा बसाेबास गरिरहेका ऋषिदेव परिवारसंग नेपाली नागरिकताकाे प्रमाणपत्र छ । ‘हामी नेपाली हाै । पुस्ताैदेखि यहाँ बसिरहेका छाै स्थानिय जयराम ऋषिदेवले भने – तर पनि भारतीय प्रहरीहरू बेलाबेलामा आएर पुरानाे पिलरलाई सुम्सुम्याएर जान्छन् ।’ पहिला पहिला त हामीलाई घर छाेडेर यहाँबाट भाग भनेर भारतीय प्रहरीले भन्ने गरेकाे जयरामले बताए । नेपाल भारतकाे संयुक्त सर्भे टाेलीले जब देखि नयाँ पिलर गाडेपछि पुरानाे पिलरका बारेमा भन्न नअाएकाे उनले बताए ।

20200309_214744

ऋषिदेव वस्तीमा रहेकाे पुरानाे पिलर जुन नेपालतर्फ परेकाे स्थानीयहरूकाे भनाई ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ३ : ५९ बजे