७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गाैरीगंजमा स्वास्थ्यकर्मीसहितकाे सहायता कक्ष (हेल्प डेस्क) स्थापना


२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

20200308_183754

गाैरीगंज २५, फागुन / विश्वका अधिकांस देशहरूमा फैलिएकाे काेराेनाे भाईरसकाे प्रकाेपलाई फैलिन नदिन यहाँ आज सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीकाे भारू चाैक नजिक प्रहरी र स्वास्थ्यकर्मी सहितकाे सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएकाे हाे ।
काेराेना भाईरसकाे जाेखिमबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना फैलाउन र सतर्क रहने उपायहरूका बारेमा सहायता कक्षले सहजिकरण गर्नेछ ।

सहायता कक्षमा स्वास्थ्यकर्मीसहित प्रहरी ३ जना दैनिकरूपमा आवतजावत गर्ने बटुवाहरूलाई स्वास्थ्य जाँच गर्ने जनाईएकाे छ । टेन्ट टांगेर स्थापना गरिएकाे सहायता कक्षमा हाते धुन साबुन पानी, ग्लाेब्स, मास्क र जनचेतना फैलाउने सन्देशमुलक पर्चालगायतका सामग्री राखिएका छन् ।

गाैरीगंज गाउँपालिकाकाे फत्तेपुर नाका हुँदै दैनिकरूपमा भारतीयहरू नेपाली बजार गाैरीगंज, गाैरादह र दमकसम्म अाउने गरेकाे र नेपालीहरू पनि भारतीय बजार फत्तेपुर, किसनगंज, टेढागाछ र कल्यागंज जाने गरेकाले साेहि स्थानमा सहायता कक्ष स्थापना गरेकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले बताए ।

झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे खजुरगाछीमा स्थापना गरिएकाे सहायता कक्षले काेराेना भाईरसबाट बच्न अपनाउनु पर्ने सावधानी र बच्ने उपायका बारेमा प्राथमिक स्वास्थ केन्द्र खजुरगाछीका प्रमुख अनुप शर्माले बताए ।
चिनकाे हुआन शहरबाट फैलिएकाे काेराेना भाईरसले विश्वका अधिकांश देशहरूमा फैलिसकेकाले नेपालमा त्यसकाे प्रकाेप फैलन सक्ने सम्भावना रहेकाेले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी नायव निरीक्षक तेवज निराैलाले जानकारी गराए ।

काेराेना भाईरस र यसका असर, बच्ने उपायहरू, लक्षणहरू, नेपालमा काेराेना भाईरसकाे जाेखिमकाे अवस्थाका बारेमा जनाईएकाे थियाे ।
गाैरीगंज गाउँपालिका र ईलाका प्रहरी कार्यलय गौरीगंजकाे आयाेजनामा संचालन गरिएको कार्यक्रममा यस क्षेत्रका ७० जना भन्दा बढीकाे सहभागिता रहेकाे थियाे। गौरीगंज गाउँपालिका वडा नं -६ का वडाध्यक्ष बद्री नारायण यादबकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्यहरू मुकेश कुमार साह, उदिमकुमार राई, पशु क्वारेन्टाइनका प्रतिनिधि ललिता प्रसाईलगायतकाे उपस्थिति रहेकाे कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका प्रमुख भाेजराज चाैलागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १२ : ५९ बजे