१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनताचौकमा रहेको लक्ष्मी सरस्वती माता मन्दिरको निर्माण कार्य शुरु


२० फाल्गुन २०७६, मंगलबार  

0
Shares

a

गौरीगंज २०, फागुन / हिन्दुधर्मालम्बीहरु पुजापाठ गर्नुका साथै मठ मन्दिर निर्माण कार्यमा लागिपरेका छन् । विहान बेलुका मन्दिरमा पुजापाठ गर्नका लागि बजार चौक तथा विशेष ठाउँहरुमा विभिन्न देवी देवताका मन्दिरहरु निर्माण भईरहेका छन् । स्थानियवासीहरु मन्दिर निर्माणका लागि स्थानिय सरकारसंग सहयोग माग्दै र आफुहरु पनि चन्दा संकलन गर्दै मन्दिर निर्माण कार्यमा अग्रसर भएको पाइन्छ । यसैक्रममा गौरीगंज गाउँपालिका वडा नं। ५ जनताचौक स्थानियवासीहरु लक्ष्मी सरस्वती माता मन्दिर निर्माण गर्न स्थानियस्तरबाट पनि सक्रिय भएका छन् । स्थानिय स्तरबाट जनश्रमदान तथा गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा आसीसी पिलर लगाएर पक्की मन्दिर भवन निर्माण गरिरहेका छन् । सो स्थानमा टिन छाना भएको काठको मन्दिर रहेता पनि अहिले सो मन्दिर जीर्ण अवस्थामा रहेकाले पक्की भवन बनाउन स्थानीयवासी जुटेको
उपभोक्ता समितिकी अध्यक्ष देवकी देवी गन्गाईले बताइन् । गौरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित जनताचौकमा रहेको लक्ष्मी सरस्वती माता मन्दिरको निर्माण कार्य शुरु भएको छ । गौरीगंज गाउँपालिकाको ६ लाख रुपैयाँ र स्थानियबासीहरुको संयुत्त आर्थिक सहयोगमा उक्त मन्दिरको
निर्माण कार्य शुरु भएको हो ।
स्थानिय समाजसेवी राजेन्द्र प्रसाद सिंहका छोरा चन्दन शेखर सिंहले उत्त वडा कै जनताचौकमा ९ धुर जग्गा मन्दिरका नाममा दान दिएपछि निर्माण कार्य
शुरु गरिएको हो । ३० फिट चौडाई र ३० फिट लम्बाई भएको उक्त मन्दिर असार मसान्तसम्म निर्माण
कार्य सम्पन्न गरि सकिने मन्दिर उपभोत्ता समितिका सचिव कृष्णा प्रसाद सिंह गन्गाईले जानकारी दिएका छन । उक्त मन्दिरमा प्रत्येक वर्षको कोजागत
पुर्णिमामा २ दिन मेला लाग्ने गरेको छ ।

b

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : २१ बजे