९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरादहमा २०० जनाकाे आँखा परिक्षण


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

20200222_171855
गौरादह १०, फागुन / गौरादह नगरपालिका वडा नं -१ काे स्वास्थ्य चौकी भवनमा संचालन गरिएकाे आँखा शिविरमा १५ जना माेतिया बिन्दुका बिरामी भेटिएका छन् । जागरुक महिला समूह गौरादह र वडा नं -१ काे वडा कार्यालयकाे संयुक्त आयाेजनामा संचालन गरिएकाे निःशुुल्क आँखा शिविरमा गौरादह नगरपालिका र कमल गाउपालिका भित्रका २ सय जनाले आँखा परिक्षण गराएका थिए। बिर्ता आँखा अस्पताल बिर्तामोडकाे प्राविधिक सहयाेगमा संचालन भएकाे शिविरमा निःशुुल्क आँखा परिक्षण, औषधी बितरण र सहुलियत मुल्यमा चस्मा बितरण गरिएकाे थियाे। शिविरमा भेटिएका माेतिया बिन्दुका बिरामीहरुलाई बिर्ता आँखा अस्पतालमा निःशुल्क अपरेसन गरिने अस्पतालका सिनियर  नेत्र अधिकृत भवानी पाठकले जानकारी गराए। शिविर सम्पन्न हुनसाथ बिरामीहरुलाई तुरुन्तै अस्पताल लगिने र बिरामीकाे समय अनुकुल मिलाएर अस्पताल आउँदा निःशुल्क अपरेसन गरिने अधिकृत पाठकले बताए। शिविरमा बिर्ता आँखा अस्पतालका ४ जानकाे टाेलीले आँखा परिक्षण गरेकाे थियाे।  शिविरमा आँखा परिक्षण गर्न आएका बिरामीहरुमा माेतिया बिन्दुका बिरामीहरु बाहेक अधिकांश आँखामा मासु पलाएका बिरामीहरु भेटाएकाे शिविर प्रमुख पाठकले बताए। वडा भित्र रहेका वडावासीहरुलाई सहजरुपमा आँखाकाे उपचार गराउन वडा नं १ काे आर्थिक सहयाेगमा शिविर संचालन गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले बताए। जागरुक महिला समूह गौरादहकी अध्यक्ष गंगा कार्कीकाे सभापतित्वमा शिविर सम्पन्न भएकाे थियाे।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ११ : ३७ बजे