२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गाैरादहबाट प्रधानाध्यापकसहित ८ जनालाई जुवाखालबाट पक्राउ


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200221_140655
गाैरादह ९, फागुन / गौरादह नगरपालिका–९ बैगुन्धुरामा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । बिहीबार साँझ ८ बजे उनीहरु जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय झिलझिलेको गस्ती टोलीले गस्ती गरिरहेका समयमा स्थानीय कुवेरपति पोखरेलको घरमा जुवा खेलिरहेका उनीहरुको साथबाट नगद ९१ हजार तीन सय ८० रूपैयाँसहित ७ वटा माेवाइल रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक ६० वर्षीय गोपाल पोखरेल, ५८ वर्षीय रामबहादुर ढुङ्गाना, ५० वर्षीय रोहित बस्नेत, ४७ वर्षीय ज्ञानेन्द्र ढकाल, ७३ वर्षीय जयप्रसाद गौतम, ६१ वर्षीय महेश निरौला, ५० वर्षीय नेत्र पोखरेल र ६५ वर्षीय गोपाल ढकाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : २६ बजे