१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडकमा अवराेध


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200220_133212

गाैरीगंज ८, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ क्याम्पस छेउ हुलाकी सडकमा स्थानियहरूले ढाट तेर्साएर  बाटाेमा अवराेध पुर्याएका छन् ।
हुलाकी सडक निर्माण गर्ने क्रममा सडक छेउछाउका भाैतिक संरचना भत्काउँदा खानेपानीकाे पाईप फुटेर स्थानियहरूले शुद्वखानेपानी उपभाेग गर्न नपाएकाे भन्दै आज विहानदेखि सांकेतिकरूपमा बाटाे अवराेध पुर्याएका हुन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ हुलाकी सडक अन्तर्गत पेट्राेल पम्प पुर्व बस्ने खानेपानीका उपभोक्ताहरूले १५ दिन देखि खानेपानी उपभाेग गर्न नपाएकाे गुनासाे खानेपानी संस्थालाई गरेपनि चासाे नलिएपछि साविक बाटाे एकछेउबाट अवराेध पुर्याएकाे स्थानिय युवा डम्बर बहादुर वस्नेतले बताए ।
त्यसैगरी हुलाकी सडक विस्तार गर्ने क्रममा बाटाे धुलाम्मे भई स्कुले बालबालिकाहरूकाे साथै मानव स्वास्थ्यमा असर परिरहेकाेले समयमै बाटाेमा पानी हाल्ने व्यवस्था गर्न सम्बन्धि निकायलाई समेत जानकारी गराउँदा चासाे नलिएकाे स्थानियहरूकाे गुनासाे छ ।
गाउँपालिकाले एका विहानै बाटाेमा पानी हालेपछि ९/ १० बजेपछि फेरि बाटाे धुलाम्मे भई जस्ताकाे तस्तै हुने भएकाे हुनाले ९/१० वजे विहान तिर पानी हाले राम्राे हुने स्थानिय युवा वस्नेतकाे भनाई छ ।

गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडक निर्माण कार्य भईरहेकाे भएपनि सडक छेउछाउका विजुली, खानेपानी, टेलीफाेन तार लगायतका आधारभुत मानविय आवश्यकताकाे व्यवस्थापन विनै बाटाे विस्तार गर्दा स्थानियहरूलाई मार्का पर्ने स्थानिय युवा डम्बर बहादुर बस्नेत बताउँछन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेले खानेपानीका पाइप फुटेकाे भए तत्काल मर्मत गर्नका लागि वार्ड कार्यालयमा निवेदन दिन अनुराेध गरेका छन् । हुलाकी सडक निर्माण भईरहेकाे हुनाले छेउछाउकाे संरचना भत्किने र त्यसलाई मर्मत सम्भार गर्न सडक आयाेजनाले जिम्मा लिनु पर्ने अध्यक्ष महताेले बताए ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडक निर्माण गर्ने क्रममा विजुलीका पाेलहरू ३० मिटर भित्र परे त्यसकाे व्यवस्थापन हुलाकी आयाेजनाले लिने सहमति भएकाे बताए । विजुलिकाे पाेलसहित खानेपानीकाे पाइपहरू सार्दा र मर्मत गर्दा लाग्ने खर्चकाे इस्टिमेट सहित हुलाकी आयाेजनालाई बुझाईएकाे र त्यसकाे सम्पुर्ण व्यवस्थापन गर्नु पर्ने विषयमा कुराकानी भईरहेकाे अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ८ : १८ बजे