९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

दक्षिणी भेगका अधिकांश बालबालिका आर्सेनिकयुक्त पानी पिउन बाध्य


७ फाल्गुन २०७६, बुधबार  

0
Shares

20200219_172405

काेचिला समाचारदाता

गाैरादह ७, फागुन / झापा जिल्लाकाे दक्षिणी क्षेत्र भित्र रहेका अधिकांस सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शुद्ध पिउने पानी उपभाेग गर्न पाएका छैनन्।

सरकारले सबै नागरिकहरु समक्ष शुद्व पिउने पानीको पहुँच पुर्‍याउने घाेषणा गरेपनि दक्षिणी क्षेत्रका सबै स्थानमा धाराकाे शुद्व पानी पुग्न सकेकाे छैन। नागरिकहरुलाई शुद्व खानेपानीको ब्यबस्था गर्न गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र खानेपानी ट्याङ्की निर्माण तथा पाइप बिस्तार कार्य भइरहेको छ। गौरादह बजारकाे खानेपानी संचालनमा आएपनि अन्य खानेपानी संचालनमा आउन सकेका छैनन्।

दक्षिणी क्षेत्रका गौरादह नगरपालिका भित्र केही ट्याङ्की निर्माण भई शुद्व खानेपानी संचालनमा आइसकेका छन भने गौरादह र गौरीगंजका अन्य खानेपानीका ट्याङ्कीहरु  निर्माणाधीन अवस्थामा रहेका छन् । खानेपानी संचालनमा नआउँदा बिद्यालयमा अध्ययनरत बालबालिकाहरु ट्बेलकाे आर्सेनिकयुक्त पानी पिउन बाध्य छन। ट्बेलकाे आर्सेनिकयुक्त पानीको मापन गर्ने साधन कुनै पालिकामा छैन। ट्बेलबाट निकालिएको पानी आर्सेनिक वा आईरनकाे मात्रा कति छ मापन गरिएको छैन। बिद्यालयमा शुद्व पिउने पानीको ब्यवस्था नहुँदा विद्यार्थीहरु आर्सेनिक वा आईरनयुक्त पानी पिउन बाध्य छन्।

दक्षिणी क्षेत्रका गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र मा.बि., नि.मा.बि. र प्रा.बि. सहित ५८ वटा सामुदायिक बिद्यालय रहेका छन्। गौरादह नगरपालिका भित्र ३२ वटा र गौरीगंज गाउँपालिका भित्र २६ वटा सामुदायिक बिद्यालय रहेका छन्। गौरादह नगरपालिका भित्र ८ हजार ९ सय ४८ र गौरीगंज गाउँपालिका भित्र ५ हजारकाे हाराहारीमा  विद्यार्थीहरु सामुदायिक विद्यालयमा अध्ययनरत छन् । गौरादह नगरपालिका भित्रका जनता मा.बि.गौरादह र अमर मा.बि बैगुन्धुरामा शुद्व पिउने पानीको ब्यवस्था गरिएको छ। नगर भित्रका केही विद्यालयहरुमा फिल्टरकाे ब्यवस्था गरिएको छ। अधिकांश  बिद्यालयहरुमा ट्वेलकाे पानी प्रयाेग भइरहेको छ।

गौरादह नगरपालिका वडा नं -५ काे जनज्याेती प्रा.बि.मा १सय २ जना बिद्यार्थी अध्ययनरत छन्। पानी पिउनका लागि ट्वेलकै भरमा छ। खानेपानी ट्याङ्कीकाे पाइप बिस्तार गरिएपनि पानी बितरण नभएको  प्रधानाध्यापक नेत्र बहादुर खड्का बताउँछन्। विद्यालयमा आर्थिक अवस्था नभएका कारण फिल्टर राख्न नसकिएकाे बताए। गौरीगंज गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा शुद्व पिउने पानीको ब्यवस्थापन हुन सकेकाे छैन। शिक्षक तथा विद्यार्थीहरुलाई शुद्व पानीको लागि गौरीगंज मा.बि. र आदर्श मा. बि. काेराेवारीमा पानी छानेर पिउन फिल्टरकाे ब्यवस्था गरेकाे गाउँपालिकाका शिक्षा अधिकृत केशव भट्टराई बताउँछन् । यस आर्थिक बर्षमा बजेट कम भएकाले बिद्यालयमा शुद्व पिउने पानीको लागि फिल्टरकाे  ब्यवस्था गर्न नसकिएकाे र आगामी आर्थिक बर्षमा  बजेट विनियाेजन गर्ने लक्ष्य रहेकाे बताए ।

गौरादह नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख टेकनाथ रेग्मीले विद्यालयहरुमा प्रत्येक बर्ष शाैचालय निर्माण र खानेपानी ब्यवस्थापन कार्यक्रम संचालन गरेता पनि न्यून मात्रामा रहेकाले आगामी आर्थिक बर्षमा बृद्वि गरिने बताए। स्वास्थ्य कार्यालयसंग समन्वय गरी विद्यालयकाे आवस्यकता हेरी शुद्व खानेपानीको ब्यवस्था मिलाउन आगामी आर्थिक बर्षमा बजेट बृद्वि गरिने बताए।सामुदायिक विद्यालयका बालबालिकाहरूकाे लागि शुद्व खानेपानीकाे वैकल्पिक व्यवस्था नगरेकाले विद्यालयमा जडान गरिएका ट्वेलकाे आर्सेनिकयुत्त पानी पिउन बाध्य भएका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी स्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद ताजपुरियाले आर्थिक स्राेतकाे अभावमा विद्यालय परिसरमा खानेपानीकाे धारा जडान गर्न नसकेकाे बताए । विपन्न तथा गरिब परिवारका करिब २ सय ५० जना बालबालिकाहरू अध्ययनरत छन् । उनीहरू विद्यालय परिसरमा रहेकाे ट्वेलबाट आर्सेनिकयुक्त पानी पिउने गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : ०६ बजे