४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गिरिजाप्रसाद कोइरालासँग जोडेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

received_249846466005277
काठमाडौं १, फागुन / नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले विहबिार दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विहीबार जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको बताएका थिए । गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिनु पाेे भन्नुहुन्थ्यो प्रचण्डले बताएका थिए ।
विहीबार साझ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञिप्त जारी गरि प्रचण्डको उक्त अभिव्यक्तिको खण्डन गरेका हुन् । ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको शर्माले उल्लेख गरे । ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो,’ शर्माले विज्ञप्तिमा लेखका छन्, ‘तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।’

माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको काँग्रेस स्मरण गराएको छ ।

‘ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो । हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै काँग्रेसले जिम्मेवार अभिव्यक्तिका दिन प्रचण्डलाई सजग गराएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ३ : १६ बजे