१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खजुरगाछी माविमा ४ महिनापछि फेरि चाेरी


११ माघ २०७६, शनिबार  

0
Shares

20200125_194337
गाैरीगंज ११, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं.६ मा रहेकाे खजुरगाछी माविमा करिब ४ महिना पछि फेरि चाेरी भएकाे छ ।
विद्यालयमा रहेकाे कम्प्युटर ल्याव र विज्ञान प्रयाेगशाला कक्षाकाे ताल्चा फाेरेर ४ वटा कम्प्युटर गएराती चाेरी भएकाे हाे । विद्यालयका कर्मचारी फकिरचन्द यादव आज विहान करिब ९ बजे विद्यालय पुग्दा कम्प्युटर ल्याव र विज्ञान प्रयाेगशाला कक्षाकाे ताल्चा फाेरेकाे हेरेपछि प्रहरीलाई खबर गरेकाे बताए । विहान ९ बजे विद्यालय व्यवस्थापन समितिकाे वैठक बाेलाइएकाे थियाे कर्मचारी यादवले भने – ‘ढाेका खाेेेेेल्न जादा ताल्चा फाेरेकाे हेरेपछि विद्यालयका प्रअ गहेन्द्र विक्रम साह र प्रहरीलाई खबर गरेकाे थिए ।’
उनका अनुसार करिब २ लाख रूपैयाँ बराबरकाे कम्प्युटर चाेरी भएकाे छ । शिशु कक्षा, माथिल्लाे तल्ला चढ्ने सिडिमा रहेकाे ढाेकाकाे ताल्चा, विज्ञान प्रयाेगशाला कक्षाकाे ढाेका र कम्प्युटर ल्याबकाे ताल्चा फाेरेकाे विद्यालयका कर्मचारी यादवले बताए । ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले पटक पटक विद्यालयमा चाेरी भएकाे घटनाले प्रहरीलाई गम्भीर बनाएकाे बताए । चाेरी भएकाे घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक भट्टराईले बताए ।
यसअघि खजुरगाछी माविमा असाेज ११ गते चाेरी भएकाे थियाे । विद्यालयकाे कार्यालयमा लगाएकाे २ वटा ताल्चा फाेडेर १ थान ल्यापटप र क्यान्टिनमा रहेकाे सामानहरू चाेरी भएकाे थियाे ।
विद्यालयमा कम्पाउण्ड घेराबेरा लगाएकाे भए पनि चाेरले १ थान ल्यापटप, व्याट्री, डाटा केबल, माउस र क्यान्टिनमा रहेकाे अन्दाजी १२ हजार रूपैयाँकाे विस्कुट, भुजिया, च्याउच्याउ, दुधलगायतका खानेकुराहरू र झाेलामा राखिएका सहकारीका कागजातहरू च्यात्चुत गरि अन्य सामानहरू चाेरी भएकाे थियाे । विद्यालयकाे मुलगेटमा रहेकाे सानाे गेट भने राती पनि खुल्ला रहेेेेेकाे थियाे । चाेरीमा संलग्न भएकाे आशंकामा ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिएकाे थियाे भने चाेरकाे पत्ता भने लागेकाे थिएन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  २ : ०४ बजे