१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ५ वस्ने एक महिलाकाे सवारी दुर्घटनामा परी मृत्यु, पाेष्टमार्टमका लागि भारतकाे किसनगंज अस्पतालमा


८ माघ २०७६, बुधबार  

0
Shares

गाैरीगंज ८, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ फत्तेपुर बस्ने एक महिलाकाे सवारी दुर्घटनामा परी आज मृत्यु भएकाे छ ।
फत्तेपुरबाट आफन्तकाे घर जाने क्रममा भारतकाे टेढागाछ लालपानी भन्ने स्थानमा टेम्पुमा सवार अन्दाजी वर्ष ३५ कि करिष्मा गन्गाईकाे आज वेलुका ४ बजे मृत्यु भएकाे हाे ।
टेम्पु अनियन्त्रित भई पल्टदा भारतीय नम्बर प्लेट भएकाे टेम्पुमा सवार गन्गाईकाे मृत्यु हुनुका साथै अन्य दुईजना महिला गम्भीर घाइते भएका छन् ।
साेही वार्डमा घर भएका वविता गन्गाई र निलम गन्गाई घाइते भएका हुन् । मृतक गन्गाईलाई पाेष्ट मार्टमका लागि किसनगंज अस्पतालमा राखिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ४८ बजे