१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजबाट ६ महिनामा ७ सय १ जनाले राहदानी बनाए


६ माघ २०७६, सोमबार  

0
Shares

20200120_182943
गौरीगंज ६, माघ / महिलाहरुमा बिदेशकाे माेह बढ्दै जाँदा केही वर्ष यता राहादानी बनाउने क्रममा महिलाकाे संख्यामा वृद्वि भएकाे छ। झापाकाे दक्षिणी क्षेत्रमा केही बर्ष पहिले स्थापना भएको  ईलाका प्रशासन कार्यालय गौरीगंजमा यस आर्थिक बर्षमा बिदेश जाने तयारीमा राहादानी बनाउन पुरुषकाे हाराहारीमा महिलाकाे संख्या पुगेकाे छ।राहदानी बनाउने र बिदेश जानेमा विशेष गरि युवा, युवतीहरु रहेका छन।राेजगारीकाे सिलसिलामा युवाहरु बिदेश जान राहादानी बनाउने गर्दछन।केही बर्ष यता बैदेशिक राेजगारीमा जाने क्रममा महिलाकाे संख्यामा बृद्वि भएकाे पाइन्छ।आर्थिक अवस्था कमजाेर भई घर परिवार चलाउन समस्या भएपछि महिलाहरु पनि वैदेशिक राेजगारी तर्फ अग्रसर भएकाे पाइन्छ। सम्बन्ध बिच्छेद वा अन्य कुनै कारण एक्लिएका महिलाहरु पनि जीवन जिउन राेजगारीकाे खाेजीमा बिदेश जाने गरेका छन।  ईलाका प्रशासन कार्यलय गौरीगंजमा यस आर्थिक बर्षकाे श्रावण देखि पौष मसान्तसम्म ६ महिनामा  जम्मा ७ सय १ जनाले राहादानी बनाएका छन। राहादानी बनाउनेमा महिलाकाे संख्या २ सय ४९ रहेकाे छ भने पुरुषकाे संख्या ४ सय ५२ रहेकाे छ।राहादानी बनाउनेमा १ सय ८४ जना युवा युवतीहरुले  द्रुत सेवा लिएका छन् । आर्थिक बर्षकाे १२ महिनामा ईलाका प्रशासन कार्यालय  गौरीगंजमा १ हजार ३ सय १९ जनाले राहादानी बनाएका थिए। ईलाका प्रशासन कार्यालय गौरीगंजका अनुसार गत आर्थिक बर्षमा ३ सय ५ जनाले राहादानी बनाउन द्रुत सेवा लिएका थिए।महिलाहरु बिशेष गरि पढाईकाे सिलसिलामा बिदेश जाने गरेकाे बताउँछन् ।माध्यमिक स्तर वा डिप्लाेमा सम्मकाे पढाइ सकेका महिलाहरु माथिल्लो स्तरकाे शिक्षा लिन बिदेश जान राहदानी बनाएको  बताउँछन।गौरादह नगरपालिका वडा नं -५ कि २३ बर्षिया दिलशा नेम्वाङ पढाइकाे सिलसिलामा बिदेश जान राहादानी बनाएकाे बताउँछिन् । १२ सम्मकाे अध्यान पूरा गरेकी दिलशा माथिल्लो लेवलकाे शिक्षा लिन बिदेश जाने तयारी गरेकाे बताउँछिन्।गौरादह नगरपालिका वडा नं -७ कि भूमिका बर्देवा पनि पढाइसंगै राेजगारी गर्न बिदेश जाने तयारी गरेकाे बताउछिन्। स्नातक अन्तिम वर्षमा अध्यान गर्दै गरेकी भूमिका आफ्नाे देशमा याेग्यता अनुसारकाे राेजगारी नपाएका कारण बिदेश जाने तर्फ पाईला सारेकाे बताउँछिन्।  पुरुषहरु राेजगारीका लागि बिदेश जाने गरेता पनि आर्थिक अवस्था कमजाेर भएका र राेजगारी नभएका महिलाहरु काम गर्न बिदेश जाने गरेका थिए।केही बर्ष पहिले सम्म याे संख्या न्यून थियाे। बिगत केही बर्ष अगाडि देखि याे संख्या बढ्दै गएकाे छ। बिगत बर्षबाट राहादानी बनाउन महिलाको संख्या बढेकाे ईलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दहाल बताउँछन् । यस अनुसार राहादानी बनाउन आउने महिलाहरुमा काम गर्न जाने भन्दा पढ्न जाने उदेश्य राहादानी बनाउन आउने महिलाहरु बढी भेटिएको उनी बताउँछन् ।बढी  मात्रामा पढ्ने उमेरका युवतीहरु राहादानी बनाउन आउने गरकाे बताउछन।राहदानीका साथै इलाका प्रशासन कार्यालय गौरीगंजबाट यस आर्थिक बर्षकाे ६ महिनामा ७ सय ८० जनाले नागरिकता प्रमाणपत्रकाे सेवा लिएका छन। वैवाहिक अंगिकृत नागरिकता १७ जनाले लिएका छन। ५ सय ४२ जनाले नागरिकताकाे प्रतिलिपी, १६ जनाले नावालक परिचय पत्र, ठाडाे उजुरी २ जनाले दिएकाे र फर्छयौट समेत गरेकाे ईलाका प्रशासन कार्यलयका ना.सु.भानुभक्त भट्टराई बताउँछन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ११ बजे