१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


३ माघ २०७६, शुक्रबार  

0
Shares

20200117_150431

गौरीगंज ३, माघ /वर्क फर नेपाल र हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट (यु.एस.ए.) नेपालकाे आर्थिक सहयाेगमा गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ।स्वास्थ्य केन्द्रकाे प्राङ्गणमा औपचारिक कार्यक्रमकाे आयाेजना गरि संस्थाले हस्तान्तरण गरेकाे हाे। हस्तान्तरण गरिएका सामग्रीहरु बिरामीहरुका लागि पुर्ण रुपमा सदुपयोग गर्न हेल्पिङ हेन्डका अध्यक्ष तिल चन्द्र अधिकारी र स्वास्थ्य केन्द्र गौरीगंजका अनुप शर्माले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। स्वास्थ्य केन्द्रमा उपचार गराउन आउने बिरामीहरुलाई उपचारमा सहजताकालागी सामाग्री दिइएको हेल्पिङ हेन्डका केन्द्रीय डाइरेक्टर सैयद खालिद माेहसिनले बताए।संस्थाले हाईड्राेलिक स्ट्रेचर,वाकिङ स्टेभिलाईजर,डेन्टल बेड,वर्थिङ टेवल,बेड साईड टेवल,वाकिङ स्टेचरका साथै सर्जिकल आईटमहरु हस्तान्तरण गरेकाे छ।
20200117_151256

स्वास्थ्य केन्द्र गौरीगंजलाई बितरण गरेका सामग्रीहरु करिब १४ लाख मुल्य बराबरकाे रहेकाे हेल्पिङ हेन्डका कार्यक्रम संयाेजक जिवा पाेख्रेलले जानकारी गराए।कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य दिपक कार्कीले ग्रामीण क्षेत्रमा रहेका अस्पतालहरुले उपचार गर्ने सामग्रीको अभाबमा सहज रुपमा उपचार नपाएकाे बताए।यश क्षेत्रमा बसाेवास गर्ने नागरिकहरुलाई बिमारी भएकाे समयमा स्वास्थ्य केन्द्रमा आई उपचार गराउन आग्रह गरेका छन।वार्क फर नेपालका तिल चन्द्र अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रविण दहाल, वडा नं -६ का वडाध्यक्ष बद्री नारायण यादव, वार्ड नं. ५ का अध्यक्ष विजय प्रसाद गन्गाई, वार्ड नं.४ का वार्ड अध्यक्ष कुल प्रसाद गिरी, नेकपाका गाउँ कमिटि अध्यक्ष विद्यानन्द राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिम कुमार राई, रमकुमारी विक, कमल राजवंशी, जयनारायण दास, , सिताराम अधिकारी, स्वास्थ्य केन्द्र ईन्चार्ज राम चन्द्र मिश्र लगायतले शुभकामना मन्तब्य राखेका थिए भने वार्क फर नेपालका उपाध्यक्ष केशव भन्डारीले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : १७ बजे