७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजका दुई जना युवा प्रहरीकाे फन्दामा


२८ पुस २०७६, सोमबार  

0
Shares

20200113_163628
गाैरीगंज २८, पुस / आफु सिआईबीकाे प्रहरी हाे भन्दै स्थानिय व्यापारीबाट रकम असुल गर्ने गाैरीगंजका २ जना युवालाई आज प्रहरीले पक्राउ गरेकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ बस्ने वर्ष २८ का पर्शुराम महताे र वार्ड नं. ३ बस्ने वर्ष २० काे जीवन दासलाई रकम असुली गरेकाे अवस्थामा ईलाका प्रहरी कार्यालय राजगढले पक्राउ गरेकाे हाे ।
बाह्रदशी गाउँपालिका वार्ड नं. ३ राजगढ बजारमा स्थानिय व्यापारी वार्ड नं. ४ बस्ने चकचकीका अरफाक आलमबाट ७ हजार रूपैयाँ उनीहरूले असुली गरेका थिए ।
प्रदेश प्रहरी कार्यालय विराटनगरकाे सिआईबी प्रहरी हाे भन्दै उनीहरूले व्यापारी आलमबाट रकम असुली गर्दै गरेकाे अवस्थामा राजगढ प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी गराए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १० : ५१ बजे