४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

दमक कांंग्रेसकाे पुस २७ मा वनभाेज


२३ पुस २०७६, बुधबार  

0
Shares

20200109_020630

दमक २४, पुस /  नेपाली कांग्रेस दमक नगर समितिले यहि पुस २७ गते आइतबार पार्टी संगठन सुढृणिकरण अभियान अन्र्तगत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।
दमक ४ स्थित भट्टराई कुल वंश प्रतिष्ठान परिषरमा अघिल्ला बर्षझै यसवर्ष पनि भव्यताका साथ बनभोजको तयारी गरिएको पार्टी नगर सभापति रोशन विष्टले जानकारी दिए । पार्टी कार्यकर्ताहरु वीच आपसी समन्वय गर्दे मनोरञ्जन गराउन उद्देश्यले वनभोजको आयोजना गरिएको हो ।
वनभोज भव्य रुपमा सम्पन्न गर्न पार्टीले नगर उपसभापति राजकुमार गौतमको संयोजकत्वमा मूल आयोजक तथा आधा दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरि काम थालिएको सहसचिव दिपेश दाहालले जानकारी दिए । दाहालका अनुसार दुई चरणमा हुने वनभोज कार्यक्रममा पहिलो सत्रमा पार्टी कार्यकर्तावीच अन्तरकृया गरिनुका साथै दोश्रो चरणमा नृत्य प्रतियोगिता सहितका सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छन् ।
बनभोजमा पार्टी नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य गुरुराज घिमीरे, संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, पार्टी जिल्ला सभापति उद्धव थापासहित पार्टी कार्यकर्ताहरु, वर्गीय संघसंगठन, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उलेख्खीय सहभागिता रहने जनाईएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : २१ बजे