१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहकाे वार्ड नं. ७ मा स्वास्थ्य शिविर


१३ पुस २०७६, आइतबार  

0
Shares

20191228_214951
गौरादह ११, पुस /गौरादह नगरपालिका वडा नं ७ काे ग्वालडुब्बामा १ दिने निशुल्क स्वास्थ्य शिबिर शनिवार सम्पन्न भएकाे छ।गौरादह नगरपालिका वडा नं -७ काे वडा कार्यलयले आयाेजना गरेकाे शिबिरमा नगर भित्रका २ सय जनाले स्वास्थ्य लाभ लिएका थिए। विशेष गरि वडा भित्र तथा आसापासकाे क्षेत्रमा रहेका नागरिकहरुलाई घर आगनमानै स्वास्थ्य सेवा दिन शिविर संचालन गरिएकाे वडा नं -७ का वडा सचिब ओम तिवारीले जानकारी गराए। एडभान्स मल्टीस्पेसियालिटी हस्पिटल दमककाे प्राबिधिक सहयाेग रहेकाे शिबिरमा डेन्टल,फिजिसीयन,गाईनाे, हार्डजाेर्नी,बालराेग र सर्जरी सेवा दिईएकाे थियाे।शिविरमा परिक्षण गर्न आएका बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको थियाे। एडभान्स हस्पिटलका डा. हरु निमा शेर्पा,दुर्गा खतिवडा,अनुप पाेख्रेल,अनिल थापा, रबिन रत्न रंजितकार,चाँदनी यादब र राेजन बस्नेत सहित १३ जनाकाे टाेलिले स्वास्थ्य सेवा दिईएकाे थियाे। गौरादह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बलराम खरेलकाे सभापतित्वमा सम्पन्न शिबिरमा नगर स्वास्थ्य संयाेजक पर्शुराम भट्टराई प्रमुख अतिथि रहेका थिए।शिविर उद्घाटनकाे अवसरमा एडभान्स हस्पिटलका संचालक चैतन्य बरालले हस्पिटलले नागरिकहरुलाई पुर्याएकाे सेवा र शिबिर संचालनमा हस्पिटलकाे सहयोगकाे बारेमा प्रकाश पारेका थिए। वडा सदस्य अमरदास सिवाकोटीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सुदिप अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ०६ बजे