४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

साना किसान सहकारी संस्था महाभाराकाे साधारणसभा सम्पन्न


७ पुस २०७६, सोमबार  

0
Shares

20191223_180343

गाैरीगंज ७, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभरामा रहेकाे श्री साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद झलकसिंह दर्लामीले उद्घाटन गरेकाे कार्यक्रममा विशिष्ट अतिथि गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा थिए । कार्यक्रममा संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले संस्थाकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष राजवंशीले संस्थाले आर्थिक वर्ष २०७५/०७६मा १५ लाख ३८ हजार २ सय ५४ रूपैयाँ घाटा भएकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले १ कराेड ६ लाख १९ हजार रूपैयाँ खर्च गरेकाे थियाे ।
वार्षिक साधारणसभाकाे अवसरमा उत्कृष्ट तरकारी खेती गर्ने ८ जना, उत्कृष्ट मकै खेती गर्ने, उत्कृष्ट गहुँ खेती गर्ने , उत्कृष्ट समूह, उत्कृष्ट महिला सदस्य , उत्कृष्ट पुरूष सदस्य , उत्कृष्ट अन्तर समूहलाई सम्मान गरेकाे थियाे भने शेयर सदस्यहरूका शेयर सदस्यहरू मध्येबाट प्रत्येक वर्षकाे एस.ई. ई. परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याई प्रथम हुने १ जना छात्र र १ जना छात्रालाई नगद ५ हजार सहित सम्मान गरेकाे छ । संस्थाका सदस्य उषा राईकाे भाइ अमित राईले ग्रेड ३.२ अर्थात ८० प्रतिशत अंक र बिना राईकि छाेरी सुमिना लिम्बुले ग्रेड ३.५ अर्थात ८७.५ प्रतिशत ल्याई उतीर्ण गरेकाे हुदा प्रदेश सांसद झलक सिंह दर्लामी र गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापालेसंयुक्तरूपमा उनीहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेकाे थियाे ।

20191223_180407

20191223_180644

त्यसैगरी उत्कृष्ट तरकारी खेती गर्ने सदस्यहरू छेप्टा ताजपुरिया, सिताबती राजवंशी , गिसाे राजवंशी, कुवावती राजवंशी, तारा थेवे, देबेल राजवंशी, बेलकुमारी राजवंशी, पुषवती ताजपुरियालाई सम्मान गरिएकाे थियाे भने उत्कृष्ट मकै खेती गर्ने टंक श्रेष्ठ, उत्कृष्ट गहुँ खेती गर्ने ईन्द्र नारायण राजवंशीलाई सम्मान गरिएकाे थियाे ।
संस्थाले अार्थिक वर्ष २०७५/७६ मा विभिन्न शिर्षकमा सदस्यहरू मार्फत ६ कराेड ३० लाख ३६ हजार रूपैया, कर्जा लगानी गरि ५७ लाख ३६हजार सांवा असुली गरेकाे थियाे ।
संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, नेकपा प्रतिनिधि विद्यानन्द राजवंशी, नेका प्रतिनिधि गणेश भट्टराई, राप्रपा प्रतिनिधि कृष्ण प्रसाद घिमिरे, साना किसान लघु वित्त संस्था विर्तामाेडका प्रवन्धक सुवास गाैतम, कृषि सहकारी संघ झापाका उपाध्यक्ष पर्शुराम काफ्ले, सहारा साकाेश सेवा केन्द्र शिवगंजका आेमकान्त बराल, रेडक्रस साेसाईटी गाैरीगंजका अध्यक्ष कैलास मास्के, शिक्षा शाखा गाैरीगंजका प्रमुख केशव भट्टराई, संस्थाका सल्लाहकार गाेविन्द कुवरलगायतकाे सहभागिता थियाे । कार्यक्रमकाे सञ्चालन संस्थाका प्रबन्धक गंगा प्रसाद ढुंगानाले गरेका थिए ।
20191223_180356

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १२ : २० बजे