१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज अन्तर्गत हुलाकी सडककाे बाटाे छुट्याउने कार्य शुरू


५ पुस २०७६, शनिबार  

0
Shares

20191221_092345

गाैरीगंज ५, पुस / बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापाकाे रतुवा खाेलादेखि पुर्व विरिङ्ग खाेलासम्मकाे बाटाे निर्माण कार्य शुरू हुने भएकाे छ ।
हुलाकी सडक अन्तर्गत झापाकाे गाैरीगंजकाे पश्चिम सिमाना रतुवा खाेलादेखि निर्माण कार्यकाे प्राम्भिक चरण बाटाे छुट्याउने कार्य शुक्रवारदेखि शुरू भएपछि बाटाेकाे निर्माण कार्य शुरू हुने भएकाे हाे । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ५ का अध्यक्ष वियज प्रसाद गन्गाई, वार्ड सदस्य राजेन्द्र ताजपुरिया, गाउँपालिकाका शाखा अधिकृत विरेन्द्र खड्का , नापी शाखा दमकका सर्वेक्षक सुगम पाण्डे र स्थानियहरूहरूकाे सहभागितामा बाटाे निर्माणका लागि साविककाे बाटाे छुट्याउने कार्य शुरू गरिएकाे हाे ।
नापी शखाका सर्वेक्षक सुगम पाण्डेका अनुसार साविक बाटाेकाे विचकाे विन्दु यकिन गरि दायाँबायाँ दुवैतर्फबाट १५-१५ मिटर चाैडाई बाटाे फराकिलाे हुने गरि नापी नक्सा गरिरहेकाे बताए ।
निर्माण कार्यकाे ठेक्का लिएकाे माेदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयाेजना इटहरीले लिएकाे छ ।
माेदीदान कन्ट्रक्सन सेवा प्रालिका प्रमुख राम बहादुर गाैतमका अनुसार रतुवा खाेला देखि पुर्व २९ किलाेमिटर बाटाे निर्माण गर्न १ अरब ५० कराेड रूपैयाँमा ठेक्का लिएकाे बताए । कम्पनी र हुलाकी राजमार्ग आयाेजनासंगकाे संयुक्त सर्भे र बाटाे छुट्याउने कार्य पश्चात निर्माण कार्यले तिव्रता लिने कम्पनिका प्रमुख गाैतमले बताए ।
साविक बाटाेकाे बिचकाे विन्दुलाई केन्द्र मानि बाटाेकाे दायाँबायाँ १५-१५ मिटर चाैडा बनाई ७ मिटरकाे पिच हुने उनले बताए । बाटाेमा पर्ने कल्भर्ट र पाइप कल्भर्ट साथै बजार क्षेत्रमा नालासहितकाे बाटाे निर्माण हुनेछ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिका अन्तर्गतकाे हुलाकी बाटाे छुट्याउने कार्य भईरहेकाे बताए । साविक हुलाकी बाटाेकाे बीचकाे विन्दु यकिन गरि दुवै तर्फबाट १५- १५ मिटर चाैडाई लिई बाटाे छुट्याईरहेकाे अध्यक्ष श्रेष्ठले बताए । यदि कहि कसैकाे १५ मिटर भित्र घर, जग्गा या कुनै भाैतिक संरचना परे त्यसकाे कुनै क्षतिपूर्ति नहुनेसमेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
गाैरीगंज गाविसका तत्कालिन गाविस अध्यक्ष घनश्याम रिजालले राणाकालमा तराईलाई चिनाउने हुलाकी बाटाे निर्माण कार्य धेरै वर्षपछि याे क्षेत्रमा निर्माण हुन लागेकाेमा अाफु हर्षित भएकाे बताए । हुलाकी बाटाे निर्माणले यस भेगका नागरिककाे जनजिविकामा ठुलाे परिवर्तन आउने अपेक्षा गरेकाे उनले बताए । ‘ बाटाे निर्माण कार्य रतुवा पुलकाे जस्ताे ढिलासुस्ति नहाेस् , अध्यक्ष रिजाल भन्छन् – ‘समयसिमा भित्र निर्माण कार्य सम्पन्न हाेस् ‘ ।
बाटाे निर्माण गर्ने क्रममा बाटाेकाे दायाँबायाँ १५ – १५ मिटर भित्र भाैतिक संरचना यदि कसैकाे परे गाउँपालिकाले मापदण्ड बनाई राहत स्वरूप क्षतिपूर्ति लिए राम्राे हुने उनकाे भनाई थियाे ।
गाैरीगंज गाविसका अर्का तत्कालिन पुर्व गाविस अध्यक्ष देवीप्रसाद राजवंशीले हुलाकी सडक निर्माण प्रक्रियाले अब केही यस क्षेत्रमा अाम परिवर्तन हुने आशा जगाएकाे बताए ।
पुरानाे र बहुप्रतिक्षित हुलाकी सडक धेरै पहिले नै बन्नु पर्ने हाे तर दुर्भाग्य भनु ढिलाे भएपनि यसकाे निर्माण शुरू हुनुले यस भेगका जनताकाे भाग्य र भविष्य काेर्ने उनकाे कथन थियाे । सडक विस्तार भईरहदा साविक नक्सामा भएकाे बाटाे अनुसार छुट्याउदा राम्राे हुने बताउदै पुर्वअध्यक्ष राजवंशीले बाटाेभित्र भाैतिक संरचना परे गाउँपालिकाले राहतस्वरूप केही क्षतिपूर्ति प्रदान गरे सबैकाे चित्त बुझ्ने बताए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष तथा उद्याेग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले हुलाकि सडक काे निर्माण कार्यले यसभेगका जनताकाे पुरानाे सपना पूरा हुने बताए । हुलाकी सडक निर्माण कार्य ठेक्का लिएकाे ठेकेदारकाे ईमान्दारी र सक्रियतामा भर पर्ने भएकाे हुदा सडककाे निर्माण समयमा हुने या नहुनेमा अध्यक्ष महताेले बताए । रतुवा खाेलाकाे पुल र गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे लेरा खाेलाकाे पुल निर्माणमा ठेकेदारकाे ढिला सुस्तिले निर्माण कार्य सम्पन्न नभएकाे हुदा त्यसकिसिमकाे कार्य हुलाकी सडकका ठेकेदारले नगराेस भन्दै उनले आग्रह गरे । उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महताेले साविक नक्सा अनुसार बाटाेकाे केन्द्र विन्दु यकिन गरि बाटाे छुट्याउनु पर्ने बताउदै अध्यक्ष महताेले यसमा कसैकाे विवाद नआउने बताए ।
बाटाे छुट्याउदा यदि कसैकाे घर वा कुनै भाैतिकसंरचना बाटाे भित्र परे नागरिकलाई राहतका लागि सरकारले व्यवस्था नगरेपनि स्थानिय गाउँपालिकामा क्षतिपूर्ति माग गर्ने बाटाे खुल्ला रहेकाे उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : ५६ बजे