५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादहमा अपाङ्गता व्यक्तिलाई ह्विल चियर वितरण


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

20191128_201946

गौरादह १२, मंसिर / गौरादह नगरपालिका भित्र रहेका अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई सहयाेगी सामग्री वितरण गरिएको छ । गौरादह बजारमा रहेको दुर्गा मन्दिरको प्राङगणमा बिहिबार एक कार्यक्रमका बीच १४ जना अपाङ्ग ब्याक्तिहरुलाई सहयाेगी सामग्री बितरण गरिएकाे हाे। गौरादह नगरपालिका वडा नं १ काे वडा कार्यलयले बेल्जियममा रहेकाे नेपालीहरुकाे संगठन संग समन्वय गरि आएकाे रकमबाट अपांगलाई सामग्री बितरण गरिएकाे वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले जानकारी गराए।बेल्जियममा रहेकाे नेपालीहरुकाे संस्था डिजाबिलिटि इन्टरनेसनल साेलिड्यारिटिले नगद १ लाख २३ उपलब्ध गराएपछि वडा नं १,३ र५ भित्र रहेका ८ जना विपन्न परीवारका अपाङ्गलाई व्हिल चियर, ५ जनालाई लौरो र १ जनालाई वैशाखी वितरण गरेको हो ।कार्यक्रममा अपांग ब्याक्तिहरु राम बहादुर राजवंशी,आँसु ताजपुरिया,संकर राई, अबिता दहाल,तारावन कार्की,टीका बुढाथाेकी र बिमला तामाङले व्हिल चियर पाएका थिए।
20191128_201341
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले अपाङ्ग ब्याक्तिहरुलाई सहयाेगी सामग्री बितरण गरेका थिए।कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि कार्कीले बिदेशमा काम गरेर नेपाल र नेपालीहरुकाे सुख दुखमा साथ दिदै समस्या र अफ्ठयाराेमा परेका ब्याक्तिहरुलाई सहयाेग गरेकाेमा बेल्जियममा रहनुहुने नेपाली दाजुभाईहरुलाई धन्यवाद दिनुभयाे।बेल्जियम साेलिड्यारिटि फाउन्डेसन संस्थाका प्रतिनिधि दौलत कुमार साम्बाले अपाङ्गहरुलाई सहयाेग गर्न वडा नं १ कि वडा सदस्य देबिमाया श्रेष्ठलाई उपलब्ध गराएकाे थियाे।त्यसअवसरमा समाजसेवी याेगराज दहाल,गौरादह दुर्गा मन्दिर अध्यक्ष लक्ष्मी ढकाल र गौरादह बजार ब्याबस्थापन समिति अध्यक्ष खड्ग थापा लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  २ : २९ बजे