५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

उपाध्यक्ष दिपिन्द्र थापाकाे बुवाकाे निधन


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191122_150826

गाैरीगंज ६, मंसिर / गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाका बुवा डम्बर बहादुर थापाकाेे शुक्रवार निधन भएकाे छ । गौरादह नगरपालिका वडा नं ३ स्थायी बसाेवास भएका थापाकाे ८८ वर्षकाे उमेरमा क्यान्सर राेगका कारण निधन भएकाे हाे ।
धार्मिक तथा समाजसेवी थापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं.३ बस्ने गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाकाे घरमा दिउसाे १.३५ बजे निधन भएकाे हाे ।
उहाँको जेठी श्रीमती भक्तादेवी थापा निधन भईसकेकाे र कान्छी श्रीमती अम्बिका थापा सहित छाेराहरू राजेन्द्र, अर्जुन र दिपिन्द्र थापासहित बुहारीहरू र चार छाेरीहरू दुर्गा कार्की, गीता सिल्वाल, सबनम दाहाल र कमला रायसहित नातिनातिना रहेका छन् ।
मृतककाे पार्थिव शरिरलाई शनिवार विहान ८ बजे गाैरादह नगरपालिका वार्ड नं. १ साेलमारी किष्णेघाटमा दाहसंस्कार गरिने परिवार स्राेतले जनाएकाे छ

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ४३ बजे