३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जनतासंग गाैरीगंज प्रहरी


२ मंसिर २०७६, सोमबार  

0
Shares

20191118_170052

गौरीगंज २, मंसिर / नागरिकको जीउ धनको सुरक्षा र समाजमा शान्ति सरुक्षा कायम राख्न प्रहरीले जिम्मेवारी पुर्ण भूमीका निर्वाह गर्नु पर्ने स्थानियबासीले बताएका छन। प्रहरीको काम,कर्तब्य,अधिकार सहित प्रहरीले नागरिकलाई दिने सेवाको बारेमा नागरिकलाई जानकारी गराउन र नागरीकहरुका समस्या र धारणा बुझ्न ईलाका प्रहरी कार्यलय गौरीगंजले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिहरुले गाउँ घरमा हुने चोरि,झै(झगडा, अमनचयनलाई नियन्त्रण गर्न प्रहरीले उल्लेखनीय भूमिका निर्वाह गर्नु पर्ने धारणा राखेका छन।खुल्ला सिमनाका कारण हुन सक्ने लागू औषध,दुर्वेसनी, चोरी पैठारी नियन्त्रण गरि समाजमा शान्ति स्थापना गर्नु पर्ने स्थानीय बासिन्दाहरुले सुझाव दिएका छन।लागू औषध प्रयोगका कारण राष्ट्रका कर्णधार मानिएका युवा शक्ति त्यसतर्फ फसेकाले नियन्त्रणकालागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने धारणा राखेका थिए । स्थानिय बिषणु न्यौपानेले महिलाहरुमा हुने गरेको हिंसा तथा घरेलु हिंसा र युवाहरूले प्रयोग गर्ने गरेको लागू औषध र दुव्र्यसनिलाई नियन्त्रण प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिएका थिए । त्यसैगरी पूर्व गौरीगंज गाविस अध्यक्ष देवीप्रसाद राजवंशीले सडकमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढेकाले सबैको सहयोगमा त्यसलाई नियन्त्रण गर्नु पर्ने धारणा राखेका थिए । त्यसैगरी महेन्द्र रिजालले मादक पदार्थ विक्री वितरण गर्ने पसलेलाई कानूनी दायरामा ल्याउनु पर्ने र व्यवसायिक दर्ता नगरी मादक पदार्थ विक्री गर्ने पसललेलाई धारणा गरेका थिए । स्थानिय तथा जनप्रतिनिधि उदिम राईले अवैधरुपमा लुकाईछिपाई सामान ओसारपोसार गर्नेलाई नियन्त्रण गर्दै गाउ“ घरमा चोरीलाई नियन्त्रण गर्न प्रहरी सक्रियसाथ लाग्नु पर्ने धारणा राखेका थिए । नेकपा प्रतिनिधि विध्यानन्द राजवंशीले जनताको गाउ“घरमा पुगि सोचमा परिवर्तन गर्न सहयोग पुग्ने जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए । वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतोले नागरिकका समस्याहरु समाधान गर्न प्रहरीले नागरिकसंग सुमधुर सबन्ध कायम राख्नु पर्ने धारणा राखेक थिए । गाउ“पालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गाउ“पालिका भित्र जनसंख्याको अनुपातमा प्रहरी संख्या कम भएकाले संघिय सरकारसंग प्रहरी संख्या थप गर्न अनुरोध गर्ने बताएका थिए । गौरीगंज गाउ“पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले गाउ“पालिका भित्र रहेका नागरिकहरुमा जनचेतनाको कमीका कारण चौपाया सडकमा बाध्ने गरेको, ट्राफिक व्यावस्थापनमा चुनौती रहेको र ९ बजेपछि मदिराका पसलहरु बन्द गर्नु पर्ने धारणा राखेका थिए । सहभागिहरुको जिज्ञासाको जवाफ दिदै इलाका प्रहरी कार्यालयका प्रमुख गणेश प्रसाद भट्टराईले प्रहरी कार्यालयमा प्रहरीको संख्या कम भएपनि नागरिकको जिउधनको सुरक्षा गर्दै समाजमा शान्ति कायम राख्ने प्रतिवद्वता व्यक्त गरे । गाउ“पालिकाकाले लागु औषध नियन्त्रणका लागि अवश्यक सामग्री किट उपलब्ध गराएमा लागुऔषध नियन्त्रण गर्न सहज हुने बताए । चोरी तथा समाजमा हुने अमनचयन नियन्त्रण गर्न नागरिकले प्रहरीलाई सहयोग गर्नु पर्ने प्रहरी प्रमुख भट्टराईले गत आर्थिक वर्षमा ४ लाख २८ हजार रुपैयाँ बराबरकाे सामान जुन अबैधरूपमा सामान भित्र्याई चाेेेेरी निकासी गरेकाे र आफुले यस प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि यस आर्थिक वर्षको ३ महिनामै ४ लाख २५ हजार रूपैयाँ बराबरकाे अवैध सामान पक्राउ गरि सम्बन्धि कार्यालयमा बुझाएकाे जानकारी गराए । सार्वजनिक सुनवाई कार्यक्रम जेष्ठ नागरिक संघ गौरीगंज उपाध्यक्ष रामकृष्ण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : १५ बजे