
गौरीगंज २९, कार्तिक/गौरीगंज -३ ठेकिटाेला निवासी देव बहादुर राेक्कालाई मृगौला राेगबाट ग्रसित भएपछि सहयाेगकालागि सबै सँग आग्रह गरिएकाे छ । आर्थिक अबस्था कमजोर भएका ३२ बर्षिया देब बहादुरलाई उपचारकालागि स्थानीय बासिन्दाले देव बहादुर राेक्का बचाउ अभियान समिति बनाएर आर्थिक संकलन गर्न सुरु गरेका छन।स्थानीयबासीहरुले यादब रिजालकाे संयाेजकत्वमा देब बहादुर राेक्का बचाउ अभियान समिति गठन गरेका छन्। समितिकाे सचिबमा निलहरी काफ्ले र काेषाध्यक्षमा मनिका रई रहेका छन।समितिका सदस्यहरुमा राधिका कुमारी भुजेल र बेदनाथ आचार्य रहेका छन।बिपन्न परिवारका देब बहादुर बुवा आमाका एउटै मात्र छाेरा हुन।देब बहादुरका बुवा कबिराज र आमा हेमा देबि राेक्काले छाेरालाई थप उपचारकालागि काठमाडौं लैजानु पर्ने भएकाे र आफ्नाे आर्थिक अबस्थाले नभ्याएका कारण सहयाेग गरिदिन सबैमा अनुराेध गरेका छन।१४ बर्षकाे उमेरमा सुगर राेग लागेकाे र त्यसकाे केही बर्ष पछि प्रेसरकाे बिराम थपिए पछि अहिले आँखा र मृगौलामा समेत समस्या देखिएकाे छ। नाेबेल अस्पतालका डा. काे सल्लाह अनुसार समयमै उपचार गर्न सकेमा राेग निकाे हुने बताएपछि स्थानीयवासी आर्थिक संकलनकालागि जुटेका छन।समितिका अध्यक्ष यादब रिजालले गरिबिकाे रेखामुनि रहेका देब बहादुरलाई बचाउन देश बिदेशमा रहनु हुने ईच्छुक महाुनुभाबहरुलाई सहयाेग गरिदिन अनुराेध गरेका छन्।सहयाेग गर्न चाहने ईच्छुक महानुभाबहरुले समितिका सचिब निलहरी काफ्ले र काेषाध्यक्ष राधिका कुमारी भुजेलकाे नाममा संयुक्त खाेलिएकाे नेपाल बैंक लिमिटेडकाे खाता नं ०७३०१००६७५९०५३०००००१ मा जम्मा गर्न सकिने समितिले जनाएकाे छ।
सम्पर्क संयाेजक ःः यादव रिजाल 9827394949








