२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गायक बलबहादुर राजवंशीलाई भाेटिङ्ग गर्न गाभुर फ्रन्टकाेे अपिल


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

20191113_193048
बिर्तामोड २८, कार्तिक / हिमालयन टेलिभिजनमा प्रशारण भईरहेकाे रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ काे नकआउट चरण पार गरेर खुल्ला भाेटिङ्ग चरणमा प्रवेश गरेका झापा गाैरादहका बलबहादुर राजवंशीलाई जिताउन कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिलेे आव्हान गरेकाे छ ।

फ्रन्टले बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी भोटिङ राउण्ड शुरु भएकाले प्रतिष्पर्धी राजवंशीलाई भोट गर्न आह्वान गरेको हो । झापाको गौरादह नगरपालिका जुराेपानिका स्थायी बासिन्दा बल बहादुुुर राजवंशी निर्णायक तथा कोच प्रमोद खरेलको टिममा छन् । उनले गायन यात्रा शुरु गरेको एक दशक भइसकेको छ । राजवंशीले वेदना ४ एल्बमसहित नेपाली भाषामा विभिन्न लाेकप्रिय गीतका एल्बमहरू निकालिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

झापामा २२ वटा उपसमिति गठन गरी आफ्नो आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्दै भोटिङ गर्ने तयारी गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले पत्रकार सम्मेलनमा जानकारी दिए । भ्वाइस अफ नेपाल सिजन–२ हिमालयन टेलिभिजनबाट शुक्रबार र शनिबार प्रशारण हुुुुुन्छ ।
उनलाई भाेटिङ्ग यहाँ दिएकाे प्रतिस्पर्धि नम्बर र मेजेस नम्बरमा गर्नुहाेला ।
20191113_193957

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : ०१ बजे