३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापामा पनि ‘ गाे ब्याक इन्डिया’ नारा लगाउदै विध्यार्थीद्वारा विराेध प्रदर्शन


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191108_201422
भद्रपुर २२, कार्तिक / ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै झापामा पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

नेपालकाे कालापानी, लुपिलेक र लिम्पियाधुरा क्षेत्र भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । नेवि संघ झापा र मेची बहुमुखी क्याम्पस नेवि संघ इकाइ समिति भद्रपुरले झापाको सदरमुकाम भद्रपुरमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थी मेची बहुमुखी क्याम्पस परिसरबाट निस्किएको विरोध र्याली क्याम्पसमोड, एसपीमोड, ट्रेड युनियन चोक हुँदै सिडिओ कार्यालय अगाडिबाट चन्द्रगढी बजारबाट लेखनाचोक हुँदै ट्रेड युनियन चोकमा आएर कोणसभा गरेका थिए।

हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ, भारतीय विस्तारबाद मुर्दाबाट, सरकार किन मौन छ भन्दै र्‍यालीमा सहभागी विद्यार्थीले नाराबाजीसमेत गरेका थिए। यता, विरोध सभालाई सम्बोधन गर्दै नेवि संघ झापाका सभापति भुवन बुढाथोकीले भारतले पटक पटक नेपाली भूमि अतिक्रमण गर्दै आइरहेको अवस्थामा पनि सरकार मौन रहेकोमा खेद प्रकट गरे।
त्यसैगरी सत्तारूढ नेकपाका भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि बिहीबार साँझ ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेको जनाइएकाे छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३० बजे