७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

जनमत पार्टीकाे गतिविधि झापामा तीव्र


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191018_110612

गाैरीगंज १, कार्तिक/ पृथकतावादी आन्दाेलन छाडेर मुलधारकाे राष्ट्रिय राजनितीमा प्रवेश गरेका डा सिके राउतले नेतृत्व गरेकाे जनमत पार्टीले झापामा जनजागरण तथा संगठनात्मक गतिविधिलाई तिव्र पारेकाे छ ।
पार्टीका अध्यक्ष डा सिके राउतले जिल्लास्तरीयरूपमा भदाै २९ गते विर्तामोडमा कार्यकर्तालाई जनजागरण तथा प्रशिक्षण दिएपछि जिल्लामा पार्टीको गतिविधि तिव्र भएकाे हाे ।

अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरुको जिवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका नेतृत्वतहले प्रशिक्षण दिदै आएका छन् ।
पार्टीका केन्द्रीय सदस्य काैशिल्या महताेकाे नेतृत्वमा गाैरीगंज गाउँपालिका, गाैरादह नगरपालिका,बार्हदशी गाउँपालिकालगायतमा पार्टीको विभिन्न समित र उपसमितिहरू गठन गर्दै जनजागरण अभियान गर्दै आएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं १ देखि ६ मा महिला, विध्यार्थी, युवा, जनपरिषद समितिहरू गठन गरिएकाे केन्द्रीय सदस्य काैशिल्या महताेले बताईन । गाैरादह नगरपालिका वार्ड नं. ७ मा जनपरिचालन समित, बार्हदशी गाउँपालिकामा महिला तथा जनपरिषद समिति गठन समेत भईसकेकाे उनले बताईन् ।

केन्द्रीय सदस्य काैशिल्या देवी महताेकाे नेतृत्वमा भएकाे प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष दशरथ महताे, भिम राजवंशी, हुलास राजवंशी, नागेन्द्र साहुलगायतकाे उपस्थितिमा सञ्चालन भएकाे हाे ।

जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिदै आईरहेको छ ।

यसै अनुरूप जनमत पार्टीका सम्पूर्ण युवाहरुलाई प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार प्रशिक्षणहरु चलाइएको जनमत पार्टीले जनाएकाे छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : २१ बजे