५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादह नगरपालिकामा स्थानियद्वारा लाससहित प्रदर्शन


१३ आश्विन २०७६, सोमबार  

0
Shares

20190930_132405

गाैरादह १३, असाेज / गाैरादह नगरपालिकाकाे परिसरमा स्थानियबासीले अहिले नारावाजी गरिरहेका छन् । गाैरादह नगरपालिका वार्ड नं ८ भुडिसिमल बस्ने वर्ष अन्दाजी ५८ काे धनवीर राजवंशीकाे लास सहित स्थानियहरूले प्रदर्शन गरिरहेका छन् । मृतक राजवंशी हिजाे आईतबार नगरपालिकामा भुक्तानीका लागि दिउसाे १ बजे आएपनि ईन्जिनियर सचिन क्षेत्रीले विभिन्न वाहानामा कागजात नमिलेकाे भनेेेेेपछि उनी कार्यालयमा बेहाेस भएकाे एक प्रत्यक्षदर्शीले बताए । उनी बेहाेस भएपछि केही समय बाेमिट भएकाे र उनलाई दमकस्थित आम्दा अस्पताल लगिएकाे थियाे। उपचार सम्भव नभएपछि विराटनगर स्थित नाेवेल अस्पताल नपुर्याउदै राजवंशीकाे मृत्यु भएकाे पारिवारिक स्राेतले बताएकाे छ । मृतक राजवंशी गाैरादह नगरपालिका वार्ड नं ८ भुडिसिमल बैराती बजारस्थित टहरा निर्माणसमितिका अध्यक्ष थिए । जेठ महिनामा निर्माण समित गठन भई टहरा निर्माणका लागि नगरपालिकाले ३ लाख रूपैया बजेट छुट्याएकाे थियाे । असार मसान्तमा काम सम्पन्न भई भुक्तानीका लागि नगरपालिका पटक पटक आएका राजवंशी हिजाे करिब २ बजे एक्कासी वेहाेस भएका थिए । उनी भुक्तानीका लागि नगरपालिका पटक पटक आए पनि नगरपालिकाका ईन्जिनियर सचिन क्षेत्रीले विल, फाेटाेलगायत अन्य कागजात नमिलेकाे भन्दै उनलाई नगरपालिकाबाट फर्काईएकाे उत्त याेजनाका ठेकेदार युवराज वास्ताेलाले बताए । काम सम्पन्न असार मसान्त नै भईसकेकाे हाे तर ईन्जिनियरले पटक पटक समितिका अध्यक्षलाई दु:ख दिएकाे बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ५६ बजे