१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्वास्थ्य संस्थामा प्रसूति गर्नेलाई नगद एक हजार अनुदान


१८ श्रावण २०७६, शनिबार  

0
Shares

गौरीगंज १८, साउन / झापाको गौरीगंज गाउँपालिकाले सुरक्षित प्रसुति गर्ने क्रमलाई प्रोत्साहन गर्न नगद अनुदानको कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७६ ÷०७७ नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति हुनेहरुका लागि नगद प्रोत्साहन कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।
घरैमा सुत्केरी हुदाँ आमा तथा शिशुको स्वास्थ्य जेखिममा पर्ने भएकोले सो जोखिम न्युनिकरणका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । अब गाउँपालिका भित्रका महिलाले कुनै पनि स्वस्थ्य संस्थामा सुत्केरी भएमा साविकको सुविधामा थप एक हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । शिशु तथा सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत सुरक्षित प्रसूतिका लागि नगद प्रोत्साहनको कार्यक्रम ल्याइएको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । यस्तो प्रोत्साहन रकम पाउन कुनै पनि स्वास्थ्य संस्थामा प्रसूति भएको हुनु पर्ने छ भने ३५ दिन भित्रमा जन्मदर्ता गराएको हुनु पर्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १० : ०९ बजे