५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भत्ता रकम बेरुजु देखिएपछि सबै फिर्ता, अध्यक्ष र उपाध्यक्षको नाममा बेरुजु देखिएन


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

beruju paper1
गौरीगंज १४, साउन / गौरीगंज गाउँपालिकाका ३२ जना जनप्रतिनिधिहरुले बैठक भत्ता र उर्जा समिति बैठक भत्ताको नाममा लिएको रकम बेरुजु देखिएपछि उत्त रकम फिर्ता गरेका छन् । आर्थिक वर्ष २०७४ / ०७५ मा उनीहरुले बैठक भत्ता स्वरुप लिएको रकम मध्ये ९ लाख ३ हजार ४ सय रुपैयाँ बेरुजु रकम फिर्ता गरेका हुन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले बैठक भत्ता लिने निर्णय गरेका थिए । तर प्रदेश सभाले गाउँपालिकाको जनप्रतिनिधिहरुको भत्ता र अन्य सेवासुविधा सम्बन्धि व्यवस्थाको निर्णयमा गाउँपालिकाले तोकेको भत्ता भन्दा कम तोकेर आएपछि उनीहरुको भत्ता रकम बेरुजु देखिएको हो । उनीहरुले कार्यपालिका बैठक, वडा समिति बैठक र उर्जा समिति बैठक वापत लिएको रकम बेरुजु देखिएको हो । गाउँपालिकाको वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशी, २का अध्यक्ष अघनु राजवंशी, ३ का अध्यक्ष मखना महतो, ४ का अध्यक्ष कुल प्रसाद गिरी, ५ का अध्यक्ष विजय सिंह गन्गाई, ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य रीता तामाङ्ग, सरिता शेर्पा, लिला देवी गन्गाई, राधा अधिकारी, भिम प्रसाद राजवंशी, जेठा मुर्मुलगायत वडा सदस्यसहित ३२ जनाको नाममा बेरुजु देखिएको छ ।
गौरीगंज गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित जम्मा ३४ जना जनप्रतिनिधि छन् तर गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापाको नाममा बेरुजु रकम देखिएको छैन् ।
गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्यका अनुसार कार्यपालिका बैठकले निर्णय गरिसकेपछि प्रदेश सभाले जनप्रतिनिधिहरुको भत्ता र अन्य सेवासुविधाबारे निर्णय गरेका कारण यस्तो समस्या आएको बताए । आर्थिक वर्ष २०७५ / ७६ मा प्रदेश सभाबाट उनीहरुको सेवा सुविधाब्ाँरे तोकेर आएको छ अब त्यस्तो समस्या नआउने उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १२ : १३ बजे