५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंज गाउँपालिका वडा नं. ३ द्वारा चोक तथा बजारक्षेत्र सरसफाई राख्न डस्टबिन वितरण


९ असार २०७६, सोमबार  

0
Shares

FB_IMG_1561382217493

गौरीगंज ९ , असार
गौरीगंज गाउँपालिका वडा नं. ३ ले चोक तथा बजारक्षेत्र सरसफाई राख्न डस्टबिन वितरण गरेको छ । गौरीगंज बजार तथा चोक क्षेत्रमा प्लाष्टीकजन्य अन्य फोहर वस्तुहरुलाई संकलन गर्न डस्टबिन वितरण गरिएको वडा नं. ३ का वडा सचिव सन्तोष कुमार मिश्रले जानकारी गराए । पसलबाट बिक्रि गरिने गुट्खा, शुर्ती, बिस्कुट, कार्टन लगायतका खोलहरु जथाभावी रुपमा फालिंदा चोक तथा बजार क्षेत्र फोहर भई दुर्गन्धित हुन सक्ने सम्भावना भएकाले सफा बजार बनाउने उद्देश्यले डस्टबिन वितरण गरिएको वडा नं. ३ का वडा सदस्य सरिता शेर्पाले बताइन् । वडा कार्यालयले १ लाख रुपैयामा १ सय ५० वटा डस्टबिन खरिद गरि प्रत्येक पसल अगाडि पसल धनीलाई रेखदेख गर्ने गरि जिम्मा लिने शर्तमा वितरण गरिएको जनाईएको छ । वडा नं. ३ का वडाध्यक्ष मखना महतो गैदारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा गौरीगंज माविका प्रधानाध्यापक गोविन्द प्रसाद घिमिर, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख टेकेन्द्र सर्मा पौडेल, ज्ञानोदय आवाशीय माविका प्रधानाध्यापक कल्पना थापालगायतले बजार क्षेत्रको सरसफाई र डस्टबिन वितरणको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : २९ बजे