१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकारसंग मिलेर भुमाफियाहरुले व्यक्तिगत नाममा दर्ता गर्न लागेको भन्दै कांग्रेसको बिरोध , सरकारी जमिन व्यक्तिको नाममा नगर्न मालपोत दमकको ध्यानाकर्षण


१४ जेष्ठ २०७६, मंगलबार  

0
Shares

20190528_180923
दमक१४, जेठ / झापाको कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगी उत्तर शसस्त्र प्रहरी बलको जग्गा सरकारसंग मिलेर भुमाफियाहरुले व्यक्तिगत नाममा दर्ता गर्न लागेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ ।
वर्तमान सरकारले भुमाफियाहरु संग मिलेर देशै भरीका सरकारी जग्गाहरु व्यक्तिगत नाममा लगिरहेको भन्दै सशस्त्र प्रहरी बलको उक्त जग्गा पनि व्यक्तिगत नाममा दर्ता गर्न लागकोले बिरोध गरिएको कांग्रेस दमक नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो । उक्त बिषयको सत्य तथ्य बुभ्mनको लागी पार्टिका महाधिवेसन प्रतिनिधि घनेन्द्रराज योङयाको संयोजकत्वमा एक समिति गठन गरिएको र उक्त समितिले आज मालपोत कार्यालय दमकमा पुगेर सो जग्गाका कागजपत्रहरु अध्ययन गरेको छ । पार्टिद्वारा गठित समितिका सम्योजक सुब्बा सहित कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराई, कांग्रेस कमलका सह सम्योजक राजु न्यौपाने, दमक नगर सभापती रोशन विष्ट, नगर सदस्य मुकुन्द उप्रेती सहितका कांग्रेस नेता कार्यकर्ताहरुले दमकका प्रमुख मालपोत अधिक्रित नरेश बहादुर अधिकारीलाई भेटि उक्त जग्गा व्यक्तिको नाममा नगर्न सचेत गराएको छ ।
सो क्रममा प्रमुख मालपोत अधिक्रित अधिकारीले सरकारी जग्गा व्यक्तिको नाममा गर्ने काम आफुले कुनै हालतमा हुन नदिने बताउनु भयो । सो जग्गालाई व्यक्तिको नाममा पार्न बाट रोक्न राजनैतिक दलहरुपनि आफुलाई सहयोग गर्नु पर्ने भन्दै प्रमुख मालपोत अधिक्रित अधिकारीले कांग्रेसलाई सो बिषयमा आफुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  १२ : २४ बजे