१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ काे राजधानी विराटनगर, ब्यवस्थापिका र कार्यपालिका एकै ठाउँमा रहने


२४ बैशाख २०७६, मंगलबार  

0
Shares

20190507_110707
विराटनगर २४ बैशाख / प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ ।

सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि रहँदा ताप्लेजुङका सांसद प्रताप प्रकाश हाङ्गाम मतदान नै नगरी बाहिरिएका थिए ।

सत्तापक्ष नेकपाको प्रस्तावमा संघीय समाजवादी फोरमका सांसद जयराम यादव, राप्रपाकी सांसद ईन्दीरा राई र संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णुमायाँ तुम्बाहाम्फेले समर्थन गरेका थिए । प्रतिपक्ष कांग्रेसले छुट्टै प्रस्ताव दर्ता गराएकोमा पःस्ताव फिर्ता लिएपछि प्रदेश १ को राजधानीको बिषयमा एउटा मात्र प्रस्ताव सभा बैठकमा पेश भएको थियो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए ।

प्रस्तावमा राजधानी बिराटनगरमा तोकिएसँगै कार्यपालिका र ब्यवस्थापिका ईटहरी, सुन्दर हरैँचा र बिराटनगरको आसपासमा रहने भएको छ ।

विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो । राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशनको अन्त्य भएको छ । प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन । अब प्रदेशको नाम बर्षे अधिबेशनबाट टुङ्गो लाग्ने नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ५ : २३ बजे