१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

सामाजिक सुरक्षा भत्ता बढाउने घोषणासहित सरकारले ल्यायो नीति तथा कार्यक्रम (विस्तृतमा)


२० बैशाख २०७६, शुक्रबार  

0
Shares

20190503_212243

काठमाडौं २०, बैशाख / सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको आज बसेको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै नीति तथा कार्यक्रम ल्याएको हो । चुनावी घोषणा पत्र अनुसार अघिल्लो वर्ष बृद्ध भत्ता नबढाएपछि आलोचित बनेको सरकारले यस वर्ष भने सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो ।

तर भत्ता कति बढ्छ भन्नेचाहिं आगामी बजेटमार्फत थाहा हुन्छ । बजेट भने आगामी जेठ १५ मा ल्याइदैछ । चुनावका समयमा भने बृद्धभत्ता ५ हजार बनाइने आश्वासन दिइएको थियो ।

यसैगरी सरकारले ठूला आयोजनाहरुमा नागरिकको लगानीलाई प्राथमिकता दिने जनाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले सरकारले ठूला आयोजनाहरुमा नागरिकको लगानी आह्वान गर्ने बताएकी हुन् ।

निर्माणाधीन अवस्थामा रहेका ठूला जलविद्युत् आयोजनाहरु समयमा नै निर्माण सम्पन्न गराउन सरकार अग्रसर हुने बताइएको छ ।
राष्ट्रपति भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताउँदै जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको बताइन् ।

हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै उनले, ‘जनताको हरेक सुखदुःखमा सरकार सधै छ ।’ भनिन् । राष्ट्रपति भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको समेत दावी गरिन् ।

सरकारले एक वर्षभित्र अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने घोषणा पनि गरेको छ । सरकारले सडकको किनारालाई खुला माटोरहित बनाउने जनाएको छ । सरकारले काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सवारीलाई सफा गर्न स्वचालित सफाइ प्रणाली जडान गर्ने पनि जनाएको छ ।

सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आथिर्क वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने पनि जनाएको छ । सरकारले आगामी वर्षभित्र नेपालका पेट्रो तथा सुन खानीको अध्ययन शुरु गरेर उत्खनन् थाल्ने घोषणा पनि गरेको छ ।

सरकारले राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने पनि जनाएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रममा पेश गर्दै राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो ।

पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना सरकारको छ । यस्तै सन् २०१९भित्रै लुम्बिनिको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा पनि गरिएको छ ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम

नेपालसरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्‍घीय संसदकामाननीय सदस्यहरू,

संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसितभएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नपाउँदा मलाई खुशी लागेको छ। राष्‍ट्रलाई निरङ्‍कुश सामन्ती शासनप्रणालीको अँध्यारो युगबाट जनताकाप्रतिनिधिमार्फत् राज्य सञ्‍चालन गर्ने सङ्‍घीय लोकतान्‍त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्‍याउने क्रममा जीवनउत्सर्ग गर्नुहुने सम्पूर्णज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्‍जली अर्पण गर्दछु।

राष्‍ट्रियता, राष्‍ट्रिय हित एवं स्वाभिमान, लोकतन्‍त्र र जनजीविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रतिउच्च सम्मान व्यक्त गर्दछु, नेपाली समाजको रूपान्तरणमा उहाँहरूले पुर्‍याउनुभएको योगदानको स्मरण गर्नचाहन्छु।

गत वर्ष २०७५ जेठ ७ गते सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई मैले गरेको सम्बोधनमार्फत्सरकारकोसंविधान कार्यान्वयनप्रतिको प्रतिबद्धता र राजनीतिक आदर्श एवं कार्यदिशा प्रस्तुत भएको थियो। समृद्ध नेपाल,सुखी नेपालीको राष्‍ट्रिय आकाङ्‍क्षा प्राप्‍त गर्न आर्थिक, सामाजिक, सांस्कृतिक विकासकाउद्देश्य, लक्ष्य, रणनीतिर कार्यनीतिसहितको स्पष्‍ट राष्‍ट्रिय खाकानिर्धारण गरिएको थियो। नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनगरी तथ्य र तथ्याङ्‍कमा नतिजा ल्याउने सङ्‍कल्प गरिएको थियो। यिनै राष्‍ट्रिय कार्यभार पूरा गर्न मेरो सरकारकाम गर्दैछ, नतिजा ल्याउँदैछ र अघि बढ्दैछ।

यस अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। नेपाली जनताको त्याग, बलिदान र लामो सङ्‍घर्षबाटप्राप्‍त भएका राजनीतिक उपलब्धिहरूलाई सफलतापूर्वक संस्थागत गरिएको छ, थप सुदृढ र समुन्‍नत बनाइएकोछ। सबै किसिमकासङ्‍क्रमण अन्त्य भई शान्ति र स्थायित्व कायम भएको छ। लोकतन्‍त्र हामी नेपालीको सातदशकभन्दा लामो सङ्‍घर्षको प्रतिफल हो। सङ्‍घीय लोकतान्‍त्रिक गणतन्‍त्र संविधानद्वारा सुनिश्‍चित गरिएकोप्रणाली हो। जन्मसिद्ध श्रेष्‍ठतालाई अस्वीकार गर्दैपूर्ण लोकतन्‍त्रका आधारभूत सिद्धान्तलाई व्यवहारमाकार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं।

राष्‍ट्र,राष्‍ट्रियता र राष्‍ट्रिय एकताप्रति सदा सजग र संवेदनशील छौं। हामी हाम्रो राष्‍ट्रिय एकतालाई सामाजिकन्याय, समानता, सामाजिक सद्‍भाव र समृद्धिले थप सुदृढ बनाउनेछौं। राष्‍ट्रिय हित र स्वाभिमानको निरन्तरअभिवृद्धि गर्न सरकार कटिबद्ध छ। सरकारले सङ्‍घीय लोकतान्‍त्रिक गणतन्‍त्रात्मक व्यवस्थालाई संस्थागत गर्दैबहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, शक्ति सन्तुलन रनियन्‍त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकसम्बन्धी संवैधानिक प्रबन्धहरूको कार्यान्वयनअविचलित रूपमा गर्दैछ रगर्दै जानेछ। जनताको पूर्ण लोकतन्‍त्र, सुशासन, जनउत्तरदायी राज्य, भ्रष्‍टाचारमुक्त,सभ्य र सुसंस्कृत एवं कर्तव्यनिष्‍ठ समाज निर्माण गर्न सरकार दृढ छ।

संविधानकार्यान्वयनमा सिङ्‍गो राष्‍ट्रलाई एकजुट बनाउन मेरो सरकार सफल भएको छ। संविधान कार्यान्वयनगर्ने महत्त्वपूर्ण कानुन तर्जुमा, सङ्‍घीय संरचना निर्माण र जनशक्ति परिचालन यसै अवधिमा सम्पन्‍न भएको छ।मौलिक हक सुनिश्‍चित गर्ने सबै १६ कानुनहरू कार्यान्वयनमा आएका छन्।संविधान कार्यान्वयन र आर्थिकसामाजिक रूपान्तरणका कानुनी आधार तयार गर्न यस अवधिमा ६१ कानुन तर्जुमा भएका छन्। संविधानकोसर्वस्वीकार्यता र स्वामित्वमा अब विमति छैन। पृथकतावाद एवं विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्यभएको छ।राष्‍ट्रिय एकता र अखण्डता सुदृढ भएको छ।द्वन्द्व होइन मैत्रीभाव, असन्तुष्‍टि होइन सक्रियता, फाटोहोइन एकता नेपाली समाजको मूल चरित्रको रूपमा विकसित हुँदैछ। जन अभिमतलाई सम्मान गर्ने सबैराजनीतिक शक्तिहरू संविधानको प्रबन्धलाई आत्मसात् गरी राष्‍ट्रिय राजनीतिको मूलधारमा आबद्ध हुनु यसअवधिको असाधारण उपलब्धि हो।

राजनीतिक दलहरू राजनीतिक आदर्श र सिद्धान्तको आधारमा एकीकृत र सुदृढ हुँदै जाने सुखद स्थिति बनेकोछ। सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलगायतका राष्‍ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूबीच एकता, सहकार्य रविश्‍वासको वातावरण बनेको छ। राष्‍ट्रिय हित र स्वाभिमानको संरक्षण एवं प्रवर्द्धन गर्ने तथा जनताकासमस्याहरू पहिचान गरी सम्बोधन गर्ने राजनीतिक दल, दलका नेता तथा जनप्रतिनिधि नै हुन् भन्‍ने विश्‍वासबलियो हुँदै गएको छ। जनप्रतिनिधिहरूको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाइ, अनुगमनएवंजनताको सुखदुस्खमा साथ दिने गरी सशक्त हुँदैछ। द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्‍ट्रिय मञ्‍चहरूमा नेपालकोप्रभावशाली प्रस्तुतिले अन्तर्राष्‍ट्रिय जगत्‌मा नेपालप्रतिको विश्‍वास र आकर्षण बढेको छ। छिमेकीमित्रराष्‍ट्रहरूबाट हाम्रा प्राथमिकताहरूमा समर्थन र सहयोग बढेको छ। नेपालको विकास प्रयासमा मित्रराष्‍ट्रहरू रविकास साझेदारहरूको साथ र सद्‍भाव वृद्धि भएको छ। मित्रराष्‍ट्र चीनका महामहिम राष्‍ट्रपतिको निमन्‍त्रणामागणतन्‍त्र नेपालको राष्‍ट्रपतिको हैसियतमा पहिलोपटक हालै मैले गरेको चीनको राजकीय भ्रमणबाट दुईदेशबीचकोबहुआयामिक सम्बन्ध नयाँ उचाइमा पुगेको छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकाङ्‍क्षा पूरागर्न नेपालले अघि बढाउने विकास प्रयासमा सहयोग पुर्‍याउन चीन सरकार तयार भएको छ। भ्रमणको अवसरमादुई देशबीच व्यापार तथा पारवहन प्रोटोकललगायत अन्य ६ वटा महत्त्वपूर्ण सम्झौताहरू सम्पन्‍न भएका छन्।

अन्तर्राष्‍ट्रिय मञ्‍चहरूमा राष्‍ट्रप्रमुख तथा सरकार प्रमुखको तहबाट सम्पन्‍न भएका उच्चस्तरीय भ्रमण रसम्बोधनले अन्तर्राष्‍ट्रिय जगत्‌मा राष्‍ट्रको गरिमा र सम्मान अभिवृद्धि भएको छ। महिला र विकाससम्बन्धीसंयुक्त राष्‍ट्रसङ्‍घीय सम्मेलन, पोल्याण्डमा सम्पन्‍न भएको दिगो विकास र जलवायु परिवर्तनसम्बन्धीअन्तर्राष्‍ट्रिय सम्मेलन, कतारको भ्रमण तथा संयुक्त राष्‍ट्रसंघको महासभा, स्वीट्जरल्याण्डको डाभोसमा भएकोविश्‍व आर्थिक मञ्‍चएवम् कोष्‍टारिकामा सम्पन्‍न भएको कार्यक्रमहरूमा नेपालले शान्ति प्रक्रिया, हिमालीपर्यावरण, दिगो विकास, महिला सशक्तीकरण र नेपालको विकासको बारेमा स्पष्‍ट धारणा राखेको थियो। भारत रचीनसँगको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट छिमेकीहरूसँगको सम्बन्ध थप सुदृढ बनेकोछ।यी सबै भ्रमण रसहभागितावाट द्विपक्षीय एवं बहुपक्षीय सम्बन्ध र सहयोग विस्तारमा उल्लेखनीय उपलब्धि हासिल भएको छ।

अन्तर९प्रदेश परिषद् र अन्तर९सरकारी वित्त परिषद्जस्ता संयन्‍त्रहरूको क्रियाशीलताबाट संघ, प्रदेश र स्थानीयतहमा समान धारणाको विकास भएको छ। प्रदेश तथा स्थानीय तहहरूको जनसङ्‍ख्या, क्षेत्रफल, खर्चकोआवश्यकता, राजस्व क्षमता, पूर्वाधारको अवस्थासमेतका आधारमा वस्तुगत र वैज्ञानिक ढाँचा तयार गरीसन्तुलित किसिमले वित्तीय हस्तान्तरण हुने व्यवस्थामिलाइएको छ। देशभित्र उपलब्ध सबै प्रकारका स्रोतहरूकोअद्यावधिक आँकडासहितको राष्‍ट्रिय तथ्याङ्‍क प्रोफाइलको ढाँचा तयार भएको छ।

मेरो सरकारले लिएका आर्थिक नीतिहरूको कार्यान्वयनबाट उत्साहजनक परिणाम देखिन थालेको छ। पछिल्ला दुईवर्ष औसत ६ प्रतिशतभन्दा माथिको र यस वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भएकाले दोहोरो अङ्‍कको आर्थिकवृद्धिको आधार तयार भएको छ। राष्‍ट्रिय बचत २७ प्रतिशतले वृद्धि भई मुलुकभित्र पूँजी निर्माणको बलियोआधार तयार भएको छ। सरकारले २०७५ चैतमा आयोजना गरेको लगानी सम्मेलनमा विभिन्‍न क्षेत्रकापरियोजनामा लगानी गर्ने समझदारी हुनुले नेपाल महत्त्वपूर्ण लगानी गन्तव्य भएको सन्देश प्रवाहित भएको छ।पूर्वाधार सम्मेलन र ज्ञान सम्मेलन आयोजना गरी निजी क्षेत्रसँगको सहकार्य र उद्यमशीलता प्रवर्द्धन गरिएकोछ। सार्वजनिक प्रशासनलाई विकासमैत्री बनाउन सुरु गरिएको छ। विगतका राम्रा प्रयासहरूलाई निरन्तरतादिइएको छ। अनावश्यक खर्चमा कटौती गरी मितव्ययिता कायम गरिएको छ। अर्थतन्‍त्रलाई गतिशील बनाइएकोछ। सरकार र निजी क्षेत्रबीच समन्वय, तथ्य र प्रमाणमा आधारित नीति निर्माण र विकास आयोजनामा देखिएकासमस्या तत्काल समाधान गरी समयमै सम्पन्‍न हुने सुनिश्‍चित गर्न उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषद्,नीति अनुसन्धान प्रतिष्‍ठान र आयोजना सहजीकरण समन्वय समितिजस्ता संयन्‍त्रहरू गठन गरी क्रियाशीलबनाइएको छ।

विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्‍ने विश्‍वास मजबुत हुँदै गएको छ। नेपालका नदीहरूमा स्टिमरचल्न थालेको छ। समुद्र र जलमार्गमा नेपालको झण्डासहितको पानीजहाज सञ्‍चालनमा आउने, नेपालभित्रैरेलबाट यात्रा गर्न सकिने, पहाडहरूमा सुरुङ निर्माण गरी सडकको दूरी छोट्‍याउने, सिँचाइ सुविधा नभएका स्थानमापानीको स्रोत भएका स्थानबाट सुरुङको माध्यमबाट पानी ल्याउनेर आफ्नै स्याटेलाइटमार्फत् सूचना प्राप्‍तहुनेजस्ता विकासका सोचहरू यथार्थमा परिणत हुँदैछन्। यसबाट हामी विकास गर्नसक्छौं भन्‍ने आत्मविश्‍वासबढेको छ। जनताको सुखदुःखमा सरकार घरदैलोमा पुगेको छ। मुगुको दुर्गम खत्याडमा प्रसव पीडामा रहेकीमहिलालाई उद्धार गर्न सरकार हेलिकोप्टर लिएर पुगेको छ।

हावाहुरीपीडित जनताका लागि आवास निर्माणको योजना लिएर सरकार बारा र पर्सा पुगेको छ। जोखिमपूर्णढङ्‍गले महाकाली नदी वारपार गरिरहेका दार्चुलावासीका लागि झोलुङ्‍गे पुल लिएर सरकार धौलाकोट पुगेको छ।तुइनमा जोखिमपूर्ण आवागमन गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न झोलुङ्‍गे पुल लिएर सरकार खोला खोलामा पुगेकोछ। यस वर्ष भूकम्पपछिको पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको छ। अनुसन्धान, आविष्कार तथानवप्रवर्तनका लागि संरचना निर्माण, प्रविधि तथा पूँजीको खोजी, प्रतिभाहरूको पहिचान, परिचालन र प्रवर्द्धन गर्नसुरु गरिएको छ। नेपालले भौतिक पूर्वाधारको विस्तार र गुणस्तरमा फड्को मारेको छ।

एक वर्षको अवधिमा १ हजार ६ सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ। पूर्व९पश्‍चिम राजमार्गकोनारायणघाट९बुटवल खण्ड चार लेनमा विस्तार गर्ने कार्य सुरु भएको छ। यही आर्थिक वर्षको अन्त्यसम्ममा थप ३सय पुलहरूको निर्माण कार्य सम्पन्‍न हुनेछ। मित्रराष्‍ट्र चीन र भारतसँगको सहकार्यमा दुवै छिमेकी मुलुकहरूजोड्ने रेलमार्ग निर्माणको लागि प्राविधिक अध्ययन सम्पन्‍न भएको छ। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्‍ट्रियविमानस्थलको ७५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्‍ट्रिय विमानस्थलको ४० प्रतिशत निर्माण कार्य सम्पन्‍नभएको छ। त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्‍चालन हुन थालेको छ। विभिन्‍नसातआन्तरिक विमानस्थलहरूबाट रात्रिकालीन उडान सुरु गरिएको छ। बन्द अवस्थामा रहेका पाँच आन्तरिकविमानस्थलहरू सञ्‍चालनमा ल्याइएको छ।

एक वर्षको अवधिमा प्रतिव्यक्ति विद्युत् खपत ९० किलोवाट घण्टाले वृद्धि भएको छ। यस वर्षको अन्त्यसम्ममाथप २ सय ८७ मेगावाट विद्युत् उपलब्ध हुनेछ। नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाकोशिलान्यास गरिएको छ। प्रसारण लाइनको लम्बाइ ४ हजार २ सय ६ किलोमिटर पुगेको छ। भारत, चीन रबङ्‍गलादेशसँग गरिएको ऊर्जा व्यापार सम्झौताले नेपालमा उत्पादित विद्युत् निर्यातका लागि अन्‍तर्राष्‍ट्रिय बजारउपलब्ध भएको छ। निस्शुल्क विद्युत् मिटर उपलब्ध गराईविपन्‍न उपभोक्ताहरूलाई राष्‍ट्रियविद्युत् प्रणालीमाआबद्ध गरिएको छ। भारतको साहेबगञ्‍ज र कालुघाटसम्म विस्तार भएको आन्तरिक जलमार्ग सञ्‍जालनेपाललेसमेत प्रयोग गर्ने गरी प्रारम्भिक कार्यहरू सम्पन्‍न भएका छन्। यी जलमार्गहरूलाई नेपालकोकोसी रगण्डकी नदी प्रणालीसम्म विस्तार गरी नेपालको आफ्नै पानीजहाज चलाउने सम्भाव्यताका सम्बन्धमा प्राविधिकअध्ययन सम्पन्‍न गरिएको छ। चीनका समुद्री र सुक्खा बन्दरगाह प्रयोग गरी विश्‍व बजारमा व्यापार विस्तारगर्न थप ढोका खुलेको छ।

जनता आवास कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा ८ हजार आवास एकाइ निर्माण गरी विपन्‍न जनतालाईआवास सुविधा उपलब्ध गराइएको छ। विद्यालय बाहिर रहेका बालबालिकामध्ये ८१ प्रतिशत बालबालिकाविद्यालय भर्ना भएका छन्। देशभरका ४ सय ५७ स्थानीय तहहरूमा कम्तीमा एक प्राविधिक विद्यालय स्थापनाभएका छन्। हालसम्म ५ हजार ४ सय ३१ वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा सुचारु भएको छ। स्वास्थ्य बिमाकार्यक्रम ४२ जिल्लामा विस्तार गरी १६ लाख नेपालीको स्वास्थ्य बिमा गरिसकिएको छ। प्रमुख खाद्यान्‍नबालीहरूको उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ।

कुल सिँचाइयोग्य भूमिमध्ये ८१ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुर्‍याइएको छ। निर्धारित समयअगावैभेरी९बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्‍न भएको छ। भैरहवा विशेष आर्थिक क्षेत्रसञ्‍चालनमा आएको छ। सिमरामा विशेष आर्थिक क्षेत्रभित्र निर्माणाधीन गार्मेण्ट प्रशोधन केन्द्रको निर्माण कार्यनिर्धारित अवधिभन्दा ६ महिनाअगावै सम्पन्‍न हुने निश्‍चित भएको छ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुक्खा बन्दरगाह यसै वर्षदेखि सञ्‍चालनमा आउने निश्‍चित भएकोछ। सम्पूर्ण सरकारी सेवाहरूलाई सूचना प्रविधिमा आबद्ध गर्ने गरी डिजिटल नेपाल फ्रेमवर्क तयार भएको छ।कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, वित्तीय प्रणाली, राष्‍ट्रिय परिचयपत्र र सामाजिक सुरक्षालगायतका सूचनाहरूएकीकृत रूपमा प्राप्‍त हुने प्रणाली विकास गरिएको छ। सूचना प्रविधिको प्रयोगबाट योजना र कार्यक्रमको तत्क्षणप्रत्यक्ष अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ। स्वदेशभित्रै रोजगारीका अवसरहरू व्यापक रूपमासिर्जना गर्ने लक्ष्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याई सबै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गरिएको छ। नेपाली श्रमिकहरूको हित अनुकूल हुने गरी मलेसिया र जापानसँग श्रम सम्झौताभएको छ।

एकीकृत सामाजिक सुरक्षा योजना लागु गरी सबै नेपालीलाई सामाजिक संरक्षणको दायरामा ल्याइएको छ। ज्येष्‍ठनागरिक स्वास्थ्य बिमाकार्यक्रममार्फत् देशभरका ज्येष्‍ठ नागरिकहरूको निस्शुल्क स्वास्थ्य बिमा गर्न सुरुगरिएको छ। नेपाल अन्तर्राष्‍ट्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। पर्यटक आगमनमा ३३प्रतिशतले वृद्धि भएको छ। हिमशिखर सफाइ अभियान सुरु गरिएको छ।

राष्‍ट्रिय सुरक्षा नीति स्वीकृत भएको छ। सुरक्षा निकायहरूलाई उच्च मनोबलका साथ परिचालन गरिएको छ। मेरोसरकारले शासकीय स्वच्छता अभियान सञ्‍चालन गरेको छ। भ्रष्‍टाचार, तस्करी, राजस्व छली तथा चुहावट रसम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। सुन तस्करी, मूल्य अभिवृद्धि करका नक्‍कलीबिलको प्रयोग, हुण्डी कारोबारजस्ता वित्तीय अपराधमा संलग्‍नलाई कानुनी दायरामा ल्याइएको छ। परम्परागतकार्यसंस्कृति, कानुनी जटिलता र कमजोर जवाफदेहितालगायतका कारणहरूले आयोजनाहरू समयमै सम्पन्‍नगर्ने, भ्रष्‍टाचार निर्मूल गर्ने, सरकारी सेवा प्रवाहमा आमूल परिवर्तन गर्ने, सुशासन कायम गर्ने र पूँजीगत खर्चवृद्धि गर्ने विषयहरूमा अपेक्षित सफलता प्राप्‍त हुन सकेको छैन। सरकार यी क्षेत्रमा सुधार गर्नका लागियोजनाबद्ध ढङ्‍गले अघि बढ्नेछ। यस वर्षका हाम्रा उपलब्धिहरू उत्साहवर्धक छन्। सरकारले लिएका नीतिहरूकोकार्यान्वयनबाट सङ्‍घीयता, सुशासन र समृद्धिका आधारहरू तयार भएका छन्। हरेक दिन एक कदम अगाडिबढ्ने सरकारको दृष्‍टिकोण र शैलीका कारण सम्पूर्ण नेपालीमा उत्साहको सञ्‍चार भएको छ। आफ्नो कार्यकालकोपहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ।यसकार्यमा सरकारलाईसहयोग पुर्‍याउनुहुने सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइ, राजनीतिक दल, निजी क्षेत्र र अन्यसरोकारवालाहरू धन्यवादका पात्र हुनुहुन्छ। अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीब्र गतिमा उत्कृष्‍टउपलब्धिहरू हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ।आगामी आर्थिक वर्ष इतिहासकैतीब्र विकासको वर्षहुनेछ। यस राष्‍ट्रियअभियानमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साथ र सहकार्यको लागि आह्वानगर्दछु।

माननीय सदस्यहरू, समृद्धिको इतिहास रच्ने आधार वर्षमा हासिल गरिएका उपलब्धिहरूको जगमा नेपालकोसंविधान, पन्ध्रौं योजना र जनतासमक्ष गरिएका प्रतिबद्धताहरूलाई केन्द्रमा राखी मेरो सरकारले आगामी आर्थिकवर्ष २०७६र७७को नीति तथा कार्यक्रमहरू प्रस्ताव गरेको छ। यी नीति तथा कार्यक्रमहरू समृद्ध नेपाल, सुखीनेपालीको राष्‍ट्रिय आकाङ्‍क्षा पूरा गर्नेतर्फ केन्द्रित छन्। यस नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास,पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, राष्‍ट्रिय सम्पत्ति सिर्जना, असमानता र गरिबी न्यूनीकरण, दिगोविकास र पर्यावरणीय संरक्षण, शान्ति, सद्‍भाव, सुव्यवस्था र विधिको शासनको प्रत्याभूतिलाई प्राथमिकतामाराखेको छ। नेपालको संविधानको कार्यान्वयन गरी सङ्‍घीय लोकतान्‍त्रिक गणतन्‍त्रको लाभ आम नेपालीलाईमहसुस हुने गरी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर९सम्बन्धलाईसमन्वय, पारस्परिक सहयोग र सहकार्यका आधारमा व्यवस्थित गरिनेछ।

अन्तर९प्रदेश परिषद्, प्रदेश समन्वय परिषद् र अन्तर९सरकारी वित्त परिषद्जस्ता संरचनाहरूलाई सुदृढर सक्रियबनाइनेछ। साझा अधिकार सूचीमा रहेका अधिकारहरूको प्रयोगमा कार्यगत स्पष्‍टता ल्याई पारस्परिक सम्बन्धकाआधारमा संघ, प्रदेश र स्थानीय तहबाट हुने कार्यलाई व्यवस्थित गरिनेछ। संघ, प्रदेश र स्थानीय तहकोप्रशासनिक संरचनालाई कार्यमूलक बनाउन आवश्यक जनशक्ति परिचालन गरिनेछ।आवश्यकता र सामर्थ्यकोविश्‍लेषण गरी नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई समन्यायिक बनाइनेछ।आमनागरिकको देशप्रति सम्मानभाव तथा अपनत्व सिर्जना हुने गरी समतामूलक प्रादेशिक विकास रणनीतिअवलम्बन गरिनेछ। प्रदेश र स्थानीय तहहरूको सम्भावनाका आधारमा विशिष्‍ट पहिचानसहितको विकासकार्यक्रम सञ्‍चालन गर्ने नीति लिइनेछ। एक प्रदेश वा एक स्थानीय तहले अवलम्बन गरेका विकासकाअसलअभ्यास अर्को प्रदेश वा स्थानीय तहले अनुकरण गर्ने र आपसमा स्वस्थ प्रतिस्पर्धात्मक विकासका अभियानसञ्‍चालन गर्न प्रदेश तथा स्थानीय तहहरूलाई उत्प्रेरित गरिनेछ।प्रदेश र स्थानीय तहको क्षमता विकास गरिनेछ।जिल्ला समन्वय समितिको समन्वयकारी भूमिकालाई प्रभावकारी बनाइनेछ।

माननीय सदस्यहरू, आगामी पच्चिस वर्षको दीर्घकालीन सोचसहित २०७६ साउनदेखि पन्ध्रौं योजना कार्यान्वयनगरिनेछ। क्षेत्रगत कार्यक्रमहरूलाई दिगो विकासका लक्ष्यहरूसँग आबद्ध गरिनेछ।सन् २०३० अगावै दिगोविकासका लक्ष्यहरू हासिल गरी मध्यमस्तरीय आय भएको मुलुक बन्‍ने, विक्रम सम्वत् २१०० सम्ममा उच्‍चमध्यमस्तरीय आय भएको सभ्य, सुसंस्कृत र विकसित मुलुक बनाउने अठोट प्रस्तावित नीति तथा कार्यक्रमलेगरेको छ। लगातार तीन वर्षदेखिको आर्थिक वृद्धिदरको उत्साहजनक प्रवृत्तिलाई थप उन्‍नत बनाउँदै आगामी चारवर्षभित्र दोहोरो अङ्‍कको आर्थिक वृद्धिदर हासिल गरिनेछ। फराकिलो आधारसहितको उच्‍च आर्थिक वृद्धिदरहासिल गर्न स्रोत र साधनको दक्षतापूर्ण प्रयोग गरिनेछ।राष्‍ट्रिय बचत क्षमता अभिवृद्धि गरिनेछ। सरकारीलगानी अर्थतन्‍त्रका प्रमुख संवाहक क्षेत्रमा प्राथमिकताका साथ केन्द्रित गरिनेछ। निजी तथा सहकारी लगानीलाईयिनै क्षेत्रमा परिचालन गर्न प्रोत्साहित गरिनेछ। सरकारको तर्फबाट ठूला आयोजनाहरू प्रवर्द्धन गरी नागरिककोलगानी आह्वान गरिनेछ। पूर्वाधारका महत्त्वपूर्ण आयोजनाहरू समयमै सम्पन्‍न गरी आर्थिक वृद्धिको सुदृढआधार तयार गर्ने मेरो सरकारको नीति रहेको छ। स्रोत, साधन, जनशक्ति परिचालन र अनुगमनको विशेषव्यवस्था गरी लामो समयदेखि अधुरो रहेका राष्‍ट्रिय गौरवका आयोजनाहरूनिर्धारित समयभित्रै सम्पन्‍न गरीसञ्‍चालनमा ल्याइनेछ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्‍न गरी सन् २०१९ भित्रै सञ्‍चालनमाल्याइनेछ। पोखरा क्षेत्रीय अन्तर्राष्‍ट्रिय विमानस्थल सन् २०२१कोसुरुदेखि सञ्‍चालन गर्ने गरी निर्माण कार्यमातीब्रता दिइनेछ।निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र प्रारम्भगरिनेछ। आगामी आर्थिकवर्षभित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्‍न गरी ४ सय ५६ मेगावाट विद्युत्राष्‍ट्रियप्रसारण लाइनमा जोडिनेछ। बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाइनेछ। आगामी आर्थिक वर्षभित्रमेलम्चीखानेपानी आयोजना सम्पन्‍न गरिनेछ। भेरी९बबई डाइभर्सन आयोजनाको निर्माण कार्य दुई वर्षभित्र सम्पन्‍नगरिनेछ। यस आयोजनाबाटसिँचाइ क्षेत्र विस्तार हुनुका साथै ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ।सिक्टा सिँचाइ आयोजनाको पश्‍चिम मूल नहरको समस्याग्रस्त खण्ड मर्मत गरी यथाशीघ्र सञ्‍चालनमाल्याइनेछ। आयोजनाको सम्पूर्ण कार्य चार वर्षभित्र सम्पन्‍न गरिनेछ। रानी जमरा कुलरिया सिँचाइ आयोजनाकोपहिलो चरणबाट सिँचाइसुविधा उपलब्ध गराइनेछ। आगामी चार वर्षभित्र मध्यपहाडी ९पुष्‍पलाल०लोकमार्ग,काठमाडौं९निजगढ द्रुतमार्गर हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्‍न गरिनेछ।उत्तर दक्षिणलोकमार्गका कालीगण्डकीकोरिडोरको जोमसोम९कोरला खण्डलाई बाह्रै महिना सवारी साधन सञ्‍चालन हुने गरीस्तरोन्‍नति गरिनेछ।कोसीर कर्णालीकोरिडोरको सबै खण्डको ट्र्याक खोल्ने कार्य आगामी वर्षभित्र सम्पन्‍नगरिनेछ।

आगामी वर्ष पूर्व९पश्‍चिम विद्युतीय रेलमार्गनिर्माण कार्य सुरु गरिनेछ। माननीय सदस्यहरू, राष्‍ट्रियलक्ष्यप्राप्‍तिमा सम्पूर्ण नेपालीलाई समाहित गरी न्यायपूर्ण सामाजिक९आर्थिक विकास गर्नमेरो सरकारलेरूपान्तरणकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नेछ। निर्माण, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमारोजगारीका अवसर सिर्जना गरिनेछ। प्रधानमन्‍त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजीक्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिनेछ। व्यवसाय गर्ने लागत उल्लेख्यरूपमा कम गर्न व्यवसायको दर्ता सहज बनाइनेछ, सञ्‍चालन प्रक्रिया सरल बनाइनेछ, कर्जा परिचालन मितव्ययीबनाइनेछ, आवश्यक पूर्वाधार निर्माण गरिनेछ, जग्गा प्राप्‍ति प्रक्रियालाई छिटो र सरल बनाइनेछ, कर भुक्तानीलागत घटाइनेछ, विवाद निरूपण प्रणालीमा सुधार गरिनेछ। उत्पादक र उपभोक्ताबीचको मध्यस्थकर्ताव्यवस्थापन, प्रतिस्पर्धी ब्याजदर तथा ढुवानी लागत, श्रम कानुनको परिपालना, उत्पादन अवरोध न्यूनीकरण रआवश्यक पूर्वाधारको व्यवस्था गरी उत्पादन लागत कम गरिनेछ। आगामी जेठ १ गतेदेखि एकल बिन्दु सेवा केन्द्रस्थापना गरी लगानीकर्ताका लागि आवश्यक सबै सेवा छिटोछरितो रूपमा एकै स्थानबाट उपलब्ध गराइनेछ।

मेरो सरकार औद्योगिकीकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको छ। राष्‍ट्रिय आवश्यकता परिपूर्ति,आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, राष्‍ट्रिय उत्पादन वृद्धि र रोजगारी सिर्जनामा योगदान गर्ने गरी मुलुकलाईऔद्योगिकीकरण गरिनेछ। अत्याधुनिक प्रविधि र उत्कृष्‍ट उत्पादनको नीति लिइनेछ। आगामी आर्थिक वर्षमासातै प्रदेशमा औद्योगिक क्षेत्रहरूको निर्माण सुरु गरिनेछ।आगामी चार वर्षभित्र सबै स्थानीय तहमा औद्योगिकग्राम स्थापना गरी सञ्‍चालनमा ल्याइनेछ। निर्यातमूलक उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्र रअन्तरदेशीय आर्थिक क्षेत्र स्थापना एवं विस्तार गरिनेछ। सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीकोधौबादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन सुरु गर्नेछ। दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्यपत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानीउत्खनन्‌का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्‍न गरी सञ्‍चालनमा ल्याइनेछ। बहुमूल्य पत्थरको प्रशोधनकारखाना स्थापना गरिनेछ। प्रशोधित बहुमूल्य पत्थरको निकासी प्रवर्द्धन गरिनेछ। नेपाली उत्पादनको विशिष्‍टपहिचान र गुणस्तर कायम हुने गरी ब्राण्डिङ गरिनेछ। सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रूपमा विकासगरिनेछ।

बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण वर्षअभियानसञ्‍चालन गरिनेछ। काठमाडौंउपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको प्रवर्द्धन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्राकार्यक्रम सञ्‍चालन गरिनेछ। त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्‍चालन हुने व्यवस्थामिलाइनेछ। मौलिक परम्परा र संस्कृति झल्कने गरी यो विमानस्थललाई बुटिक अन्तर्राष्‍ट्रिय विमानस्थलकोरूपमा रूपान्तरण गरिनेछ। उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गरिनेछ। हालसञ्‍चालनमा रहेका आन्तरिक विमानस्थलहरूलाई ठूला विमानहरू उडान र अवतरण गर्नसक्‍ने गरी विकासगरिनेछ। राष्‍ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्‍नेधावनमार्गको रूपमा विस्तार गरिनेछ। तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमाविमानस्थल निर्माण गरिनेछ। रात्रि उडानको सुविधा नभएका आन्तरिक विमानस्थलहरूमा पूर्वाधार निर्माण गरीरात्रिकालीन उडान सुरु गरिनेछ।

कृषिको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्‍टीकरण र व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धिमाजोड दिइनेछ। व्यावसायिकसामूहिक,सहकारीरकरारखेतीमायुवाहरूलाईप्रोत्साहित गरिनेछ। सदुपयोगकोसिद्धान्तबमोजिम सबै प्रकारका जमिनको पूर्ण उपयोग गर्दै माटो र मौसम अनुकूल खेती प्रणाली विकासगरिनेछ। नदी किनारका जमिन, राजमार्गका सडक किनारा तथा खेतबारीका कान्लाहरूमा फलफूलका खेती गरीफलफूलको उत्पादन बढाइनेछ। विश्‍वविद्यालय, विद्यालयलगायत सार्वजनिक निकायमा प्रयोगविहीनअवस्थामा रहेका जमिन उपयोगमा ल्याइनेछ। बाँझो निजी जमिन, सार्वजनिक खुला क्षेत्र तथा खोला किनारामाकिम्बु,रेसम, सूर्यमुखी,सजिवन, कपास, कागती, इस्कुस र घाँसलगायतका खेती गर्न सर्वसाधारण व्यक्ति तथासमूहलाई प्रोत्साहन गरिनेछ। कृषि तथा पशुपन्छीजन्य प्रमुख खाद्यवस्तुहरूको उत्पादनमा तीब्र वृद्धि गर्दैमुलुकलाई आत्मनिर्भर बनाइनेछ। उच्‍च मूल्यका नगदे र बेमौसमी बाली उत्पादन गरी निकासी गरिनेछ। सिँचितकृषि क्षेत्रको अभिवृद्धि,नेपालको समृद्धि भन्‍ने मूल नाराका साथ आगामी पन्ध्रौं योजना अवधिभित्र कुलकृषियोग्य भूमिको ९० प्रतिशत भूभागमा सिँचाइ सुविधा उपलब्ध हुने गरी पूर्वाधारहरू तयार गरिनेछ। बारीकापाटा र खेतका गरा, हुन्छन् सबै हराभरा भन्‍ने नाराका साथ पहाडी क्षेत्रका नदी छेउछाउका कृषियोग्य जमिनमासौर्य ऊर्जासमेत उपयोग गरी लिफ्ट सिँचाइ प्रणाली विकास गरिनेछ। प्रदेश तथा स्थानीय तहको सहभागितामातराई९मधेशका कृषियोग्य पकेट क्षेत्रहरूमा सौर्य ऊर्जामा आधारित भूमिगत सिँचाइ सुविधा उपलब्ध गराइनेछ।

सुनकोसी९मरिन डाइभर्सन आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षमा सुरु गरिनेछ। आगामी आर्थिकवर्षमा माडी९दाङ डाइभर्सन आयोजनाको अध्ययन सम्पन्‍न गरी दुई वर्षभित्र निर्माण सुरु गरिनेछ।कालीगण्डकी९तिनाउ र तमोर९चिसाङ डाइभर्सन आयोजनाको अध्ययन कार्य सम्पन्‍न गरी सम्भाव्यताकाआधारमा निर्माण कार्य सुरु गरिनेछ। कन्काई बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको अध्ययन कार्य सम्पन्‍नगरी निर्माण गरिनेछ। नारायणी लिफ्ट सिँचाइ प्रणालीलाई पुनर्स्थापना र स्तरोन्‍नति गरी सञ्‍चालनमा ल्याइनेछ।मानव बस्ती, कृषियोग्य जमिन र अन्य राष्‍ट्रिय महत्त्वका स्रोत र सम्पदालाई क्षति हुनबाट बचाउन कोसी, त्रियुगा,कमला, नारायणी र कर्णालीलगायतका नदी किनारमा तटबन्ध निर्माण गर्ने कार्यलाई अभियानको रूपमासञ्‍चालन गरिनेछ। नदीप्रणाली व्यवस्थित गर्दा उपलब्ध हुने नदी उकास जमिनलाई उत्पादनशील ढङ्‍गले प्रयोगगरिनेछ। बहुउपयोगी वन र ब्लक फरेष्‍ट विस्तार एवं वैज्ञानिक वन व्यवस्थापन गरी वन संरक्षण तथा वनस्रोतकोदिगो उपयोग गरिनेछ। आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी काष्‍ठ, गैरकाष्‍ठ तथा फलफूलकाबिरुवा रोपण गरिनेछ। जडिबूटीलगायत वनमा आधारित हरित उद्योग तथा व्यवसायको प्रवर्द्धन तथा विस्तारगरिनेछ। नदीप्रणाली र जलाधारमा आधारित वन व्यवस्थापन गर्दै माथिल्लो तटीय क्षेत्रमाबायो९इञ्‍जिनियरिङसहितको फलफूल खेती, भावर र भित्री मधेशमा कृषि वन र तराईमा व्यापकवृक्षारोपणसहितको वन विकास कार्यक्रम सञ्‍चालन गरिनेछ।

सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण स्तम्भको रूपमा विकास गरिनेछ। सहकारीलाई उद्यमशीलता विकास रकृषिको आधुनिकीकरणमा परिचालन गरिनेछ। सहकारी संस्थाको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन तथाबजारीकरणका कार्यक्रम सञ्‍चालन गरिनेछ। उच्च पहाडी भूभागका उपयुक्त स्थानमा ठूला पोखरीहरू निर्माणगरिनेछ। पोखरीको पानी उपयोग गरी उच्च प्रविधिमा आधारित थोपा सिँचाइ प्रणाली सञ्‍चालन गरिनेछ। मेरोसरकारले वैज्ञानिक भूमिसुधारका माध्यमबाट भूमि व्यवस्थापनमा रहेका समस्याहरूलाई समाधान गर्नेछ।भूमिलाई क्षमता र उपयुक्तताको आधारमा वर्गीकरण गरिनेछ। भूमिको उपयोग भू९उपयोग योजनाको आधारमामात्र गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ। भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरी करार खेती, सहकारी खेती रसामूहिक खेती गर्न उत्प्रेरित गरिनेछ। चुरे तथा भित्री मधेशका उपत्यकाहरूलाई आर्थिक तथाऔद्योगिककोरिडोरको रूपमा विकास गर्न झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म निर्माणाधीन मदनभण्डारी राजमार्गको निर्माण कार्यलाई तीब्रता दिइनेछ। रणनीतिक महत्त्वका सडकहरू र आर्थिक केन्द्र जोड्नेसडकहरूको निर्माण तथा स्तरोन्‍नति कार्यलाई तीब्रता दिइनेछ।

पूर्व९पश्‍चिम राजमार्गको विभिन्‍न खण्डहरूको विस्तार चार वर्षभित्र गरिनेछ। सडक सुरक्षा पर्खालसहितका रोडफर्निचर्स निर्माण गरी सबै सडकहरूलाई सुरक्षित बनाइनेछ। सरकारले निर्माण गर्ने सबै सडक कम्तीमा दुई लेनकोहुनेछ। मौजुदा तथा निर्माणाधीन सडकमा सुरुङ प्रविधि प्रयोग गरी सडकको दूरी र लागत घटाइनेछ। आगामीआर्थिक वर्षभित्र हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्‍याई सबै ७७ जिल्ला सदरमुकामलाई राष्‍ट्रियसडक सञ्‍जालमा आबद्ध गरिनेछ। चार वर्षभित्र सम्पूर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिनेछ।काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्‍ज९काठमाडौं र रसुवागढी९काठमाडौं रेलमार्गकोविस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य सुरु गरिनेछ। जयनगर९बिजलपुरा र भारतकोबथनाहादेखि विराटनगरसम्मआगामी आर्थिक वर्षभित्रै रेल सेवा सञ्‍चालन गरिनेछ।बिजलपुरा९बर्दिबास खण्डकोरेलमार्ग निर्माण कार्य सम्पन्‍न गरिनेछ।

नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको छ। पानीजहाज कार्यालयस्थापना भई पानीजहाज सञ्‍चालनका लागि आवश्यक नीतिगत, कानुनी र अन्य पूर्वाधार तयारी भइरहेको छ।जलमार्ग र समुद्रमा नेपालीझण्डाभएकोपानीजहाजसञ्‍चालनमा ल्याइनेछ। नेपालको पानी जनताको लगानीअभियानबाट आम नेपालीको स्वामित्व हुने गरी विद्युत् उत्पादनमा लगानी जुटाई करिब ३ हजार ५ सय मेगावाटविद्युत् उत्पादन गरिनेछ। निर्माणाधीन आयोजनाहरू सम्पन्‍न गरी आगामी वर्ष १ हजार मेगावाट विद्युत् थपगरिनेछ। प्रतिव्यक्ति विद्युत् खपत आगामी पाँच वर्षभित्र ७ सय किलोवाट घण्टा पुर्‍याइनेछ। आगामी चारवर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पुर्‍याइनेछ। उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमाबिजुली पुर्‍याइनेछ। निर्माणाधीन विद्युत् आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइननिर्माण सम्पन्‍न गरिनेछ। पूर्व९पश्‍चिम राजमार्ग र रसुवागढी९काठमाडौं९वीरगञ्‍जकोरिडोरहरूमा ४ सय के।भी।क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीब्रता दिइनेछ।

मेरो सरकारले सबै उमेरका नेपाली नागरिकको सामाजिक संरक्षणका लागि बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण,युवावस्थामा सीप, उद्यमशीलता र रोजगारी तथा ज्येष्‍ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षा प्रदान गर्नेछ।आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइनेछ।योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा योजनाबाटश्रमिक तथा कर्मचारीहरू औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रितपरिवार सुरक्षा,जेष्ठ नागरिक सुरक्षासम्बन्धी सेवाबाट लाभान्वित हुनेछन्। यस योजनाको दायरा क्रमशः बढाउँदैलगिनेछ। विभिन्‍न निकायहरूवाट प्रदान गरिने सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई समन्वयात्मक रूपमासञ्‍चालन गरिनेछ। सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरिनेछ।

डिजिटल नेपाल फ्रेमवर्कको पाँच वर्षे राष्‍ट्रिय कार्ययोजना कार्यान्वयन गरिनेछ। सरकारी तथा निजी क्षेत्रबाट प्रवाहहुने सबै प्रकारको सेवा तथा कारोबार विद्युतीय माध्यमबाट सञ्‍चालन गरिनेछ। विद्युतीय भुक्तानी र विद्युतीयहस्ताक्षर कार्यान्वयनमा ल्याई विद्युतीय कारोबारलाई सुरक्षित र विश्‍वसनीय बनाइनेछ। यो व्यवस्था स्थानीयतहसम्म विस्तार गरिनेछ। सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमाब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्‍न गरिनेछ। आगामी चार वर्षभित्र सबै नेपालीलाईबायोमेट्रिक सूचना र पृथक् पहिचान नम्बरसहितको राष्‍ट्रिय परिचयपत्र वितरण गरिनेछ। नागरिकका सबैप्रकारका वैयक्तिक विवरणलाईराष्‍ट्रिय परिचयपत्रमा समाविष्‍ट गरी यसलाई सामाजिक सुरक्षासहित सबैसार्वजनिक सेवा प्रवाहका लागि आवश्यक सूचनाको आधार बनाइनेछ। प्रत्येक नेपालीको बैंक खाता हुनेसुनिश्‍चित गर्न खोलौं बैंक खाता अभियानलाई तीब्रता दिइनेछ। सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत्गरिनेछ। केन्द्रदेखि स्थानीय तहसम्म नागरिक अधिकार मोबाइल एप्सका माध्यमबाट सर्वसाधारणले सरल रसहज रूपमा सेवा प्राप्‍त गर्ने,आफूसँग सम्बन्धित सूचनाहरूको उपयोग गर्नसक्ने, सरकारी सेवाको बारेमाजानकारी लिई आफ्ना गुनासा र समस्याहरू समाधान गर्नसक्ने व्यवस्था गरिनेछ। सरकारी सेवा, निर्णय प्रक्रियाएवं राष्‍ट्रिय गौरवका आयोजनाहरूको अनुगमनका लागि तयार गरिएको विद्युतीय प्रणालीलाई थप प्रभावकारीबनाइनेछ।

यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायातप्राधिकरण स्थापना गरिनेछ। सार्वजनिक यातायातका साधनहरूमा यात्रा कार्डको व्यवस्था गरिनेछ। तोकिएकोसमयमा यात्रा सुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुग्ने सुनिश्‍चित गरिनेछ। ठूला सार्वजनिक सवारी साधनसञ्‍चालनलाई प्रोत्साहित गरिनेछ। वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिनेछ। काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमानेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आर्थिक वर्षदेखि विद्युतीयबस सेवा सञ्‍चालनमा ल्याइनेछ। विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन पर्याप्‍त चार्जिङ्गस्टेशनहरू स्थापना गरिनेछ। शैक्षिक क्षेत्र सुधारमा योगदान पुर्‍याउन छुट्टै कोष खडा गरी राष्‍ट्रपति शैक्षिक सुधारकार्यक्रम सञ्‍चालन गरिनेछ। आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिनेछ।

शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्‍वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्‍टीकृत विश्‍वविद्यालयकोरूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्‍वविद्यालय आगामी दुई वर्षभित्र सञ्‍चालनमा ल्याइनेछ। आगामीआर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बिमाले समेट्ने आधारभूतउपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ। आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवानपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ,सबै स्थानीय तहका सबै वडाहरूबाटप्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन तथा दूरचिकित्सा शिक्षापद्धतिमार्फत्२४ घण्टे आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। प्रत्येक प्रदेशको कम्तीमा एक अस्पतालबाटविशिष्‍टीकृत स्वास्थ्य सेवा उपलब्ध गराई विशिष्‍टीकृत स्वास्थ्य सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यताकोअन्त्य गरिनेछ। केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्‍ट्रिय निदान केन्द्रको रूपमास्तरोन्‍नति गरिनेछ। तीन वर्षभित्र सातै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्‍चालनमा ल्याइनेछ। वीरअस्पताललाई अन्तर्राष्‍ट्रिय गुणस्तरका सबै विशिष्‍टीकृत सेवासहितको उत्कृष्‍टताकोकेन्द्रको रूपमा विकासगरिनेछ। आगामी वर्षभक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवननिर्माण कार्यसुरु गरिनेछ।विपन्‍न र वञ्‍चितिमा परेका महिलाहरूको सामाजिक आर्थिक क्षमता विकासलाई प्राथमिकता दिने गरीराष्‍ट्रपतिमहिला उत्थान कार्यक्रमअन्तर्गत सञ्‍चालित क्रियाकलापहरूको पुनरावलोकन गरिनेछ। विकास र वातावरणबीचसन्तुलन कायम गरिनेछ।

पृथ्वीको भविष्य, जीवहरूको रक्षा, हित कल्याण र यसको इकोसिष्‍टममा टकराव नआउने गरी विकास कार्यहरूअघि बढाइनेछ। विश्‍व तापमानमा भएको वृद्धिबाट सिर्जित जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई न्यूनगर्न स्थानीय तहसम्म जलवायु अनुकूलन कार्यक्रमहरू सञ्‍चालन गरिनेछ। राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय महत्त्वकासीमसार क्षेत्रहरूको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रूपमा विकास गरिनेछ।महत्त्वपूर्ण तालतलैयाहरूको संरक्षण र विकासको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ। प्राकृतिक स्रोतकोअनुचित दोहन हुन नदिने तर पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू निर्बाध उपलब्ध हुनेसुनिश्‍चित गरिनेछ। तराई९मधेश समृद्धि कार्यक्रमको समीक्षा गरी प्रभावकारिता वृद्धि गरिनेछ। नेपालकोमौलिक शान्ति प्रक्रिया, हिमाल, वातावरण, लोकतन्‍त्र, मानव अधिकार, विश्‍व शान्ति, क्षेत्रीय सहयोग, महिलासशक्तीकरणलगायतका साझा हितका विषयहरूमा बौद्धिक छलफल गरी राष्‍ट्रिय हित प्रवर्द्धन गर्न तथानेपालको परराष्‍ट्र नीतिलाई विश्‍वसामु प्रभावकारी ढङ्‍गले प्रस्तुत गर्दै जान आवश्यकताअनुसारसगरमाथा सम्वादआयोजना गरिनेछ। माननीय सदस्यहरू, मेरो सरकारले सन्तुलित र अन्तर९सम्बन्धित विकासका लागि योगदानगर्ने क्षेत्रगत कार्यक्रमहरू सञ्‍चालन गरी समग्र विकास प्रक्रियालाई अघि बढाउने नीति लिएको छ।

राजस्व प्रणालीमा सुधार, सार्वजनिक खर्चको दक्षता अभिवृद्धि र निजी लगानी सङ्‍कुचित नहुने गरी आन्तरिकऋण परिचालन गरी वित्त संरचनालाई सुदृढ र सबल बनाइनेछ। विकास सहायतालाई राष्‍ट्रिय प्राथमिकताकाक्षेत्रहरूमा राष्‍ट्रिय प्रणालीमार्फत् परिचालन गरिनेछ। विप्रेषणको रकमलाई औपचारिक माध्यमबाट भित्र्याउनआवश्यक व्यवस्था मिलाउनुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ। सबै प्रकारका आर्थिकगतिविधिहरूको मौद्रिकीकरण गरिनेछ। सूचना प्रविधिको उपयोग गरी तीनै तहका सरकारको बजेट तर्जुमा, खर्चकोलेखाङ्‍कन, अभिलेख तथा प्रतिवेदन प्रणालीमा एकरूपता ल्याई वित्तीय अनुशासन कायम गरिनेछ। सार्वजनिकसंस्थानहरूको दक्षतापूर्वक व्यवस्थापन गरी उत्पादन र उत्पादकत्व बढाउन कानुनी तथा संरचनागत सुधार रनियमनको व्यवस्था गरिनेछ। लगानीको न्यूनता पूरा गर्न निजी क्षेत्र,सार्वजनिक९निजी साझेदारी रसार्वजनिक,निजी तथा सहकारी साझेदारी र वैदेशिक लगानीलाई प्रोत्साहित गरिनेछ। पूँजी बजारको विस्तार गर्दैछरिएर रहेका साना पूँजी एकत्रित गरी लगानीयोग्य बनाउन सम्मिश्रित वित्त, सामूहिक लगानी र भेञ्‍चरक्यापिटलजस्ता संयन्‍त्र परिचालन गरिनेछ। औद्योगिक उत्पादकत्व वृद्धि, औद्योगिक क्षेत्र व्यवस्थापन रउद्यमशीलता विकासका क्षेत्रमा क्रियाशील रहेका संस्थाहरूको पुनर्संरचना गरिनेछ। औद्योगिक क्षेत्रव्यवस्थापनमा संस्थागत सुशासन कायम गरिनेछ। सरकारले स्थानीय कच्चापदार्थमा आधारित लघु, घरेलु, सानातथा मझौला उद्योगहरूलाई प्रवर्द्धन गर्नेछ। मूल्य श्रृङ्‍खलामा आधारित उद्यमशील र उत्पादनशील संस्कृतिकोविकास गरी लघु, घरेलु तथा साना उद्योगहरूको मझौला तथा ठूला उद्योगहरूसँग अग्र तथा पृष्‍ठसम्बन्ध कायमगरिनेछ। द्विपक्षीय तथा बहुपक्षीय व्यापार सन्धिको पुनरावलोकन, सडक, जल तथा रेल्वे सम्झौताहरूमासमयानुकूल परिमार्जन र नयाँ सम्झौता गरी विश्‍व बजारमा नेपाली उत्पादनको पहुँच वृद्धि गरिनेछ। यसै वर्षकाठमाडौंको चोभारमा निर्माण प्रारम्भ गरिएको अन्तर्राष्‍ट्रिय प्रदर्शनीस्थलसहितको सुक्खा बन्दरगाह तीनवर्षभित्र सञ्‍चालनमा ल्याई अन्तर्राष्‍ट्रिय व्यापार सहज बनाइनेछ। दुई वर्षभित्र रसुवाको टिमुरेमा सुक्खाबन्दरगाह निर्माण कार्य सम्पन्‍न गरिनेछ।

स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहित गरिनेछ।अनावश्यक, विलासी एवं स्वास्थ्यलाई नोक्सान पुर्‍याउनेवस्तु र सेवाको आयात निरुत्साहित गरिनेछ। आपूर्ति व्यवस्थालाई सरल, सुलभ र सहज बनाइनेछ।खाद्य तथागैर खाद्य बजारमा स्वच्छ प्रतिस्पर्धा सुनिश्‍चित गर्न अनुगमन प्रणाली प्रभावकारी बनाइनेछ।यो सरकार गठनभएपछि निर्माण सुरुगरिएको अमलेखगञ्‍ज९रक्सौल९मोतिहारी खण्डको पेट्रोलियम पाइपलाइनबाट आगामीवर्षदेखि पेट्रोलियम पदार्थ आयात गर्ने व्यवस्था मिलाइनेछ। माननीय सदस्यहरू, कृषि क्षेत्रमा कायम रहेकासंगठनहरूको पुनर्संरचना गरिनेछ।प्रधानमन्‍त्री कृषि आधुनिकीकरण परियोजनालगायतकाकृषि क्षेत्रकाकार्यक्रमहरूको प्रभावकारिता विश्‍लेषण गरी पुनरावलोकन गरिनेछ। कृषकहरूलाई उपलब्ध गराइने अनुदानबाटवास्तविक कृषकहरूले लाभ लिनसक्‍ने बनाउन हालको अनुदान प्रणालीमा व्यापक सुधार गरिनेछ। निर्वाहमुखीखेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा परिणत गरिनेछ। कृषकहरूलाई समयमै उन्‍नत बिउ, मल तथाकृषि प्रसार सेवा उपलब्ध गराइनेछ। स्थानीय मौलिक ज्ञान र प्रविधिको संरक्षण र संवर्द्धन गरिनेछ। अर्गानिकखेती प्रवर्द्धन गरिनेछ। बालीहरूको उन्‍नत जात विकास गरीबिउ प्रतिस्थापन दरमा वृद्धि गरिनेछ। जैविक रस्थानीय प्रजातिका बिउबिजनहरूको संरक्षण गरिनेछ। रासायनिक मल र कीटनाशक विषादिको प्रयोगबाट मानवस्वास्थ्यमा बढ्दो जोखिम न्यूनीकरणका लागि जैविक प्रविधिको विकास र विस्तार गरिनेछ। कृषक, व्यावसायिकसमूह, फार्म र सहकारी संघसंस्थासमेतको सहकार्यमा ठूला क्षमताका बायोग्याँस प्लाण्ट स्थापना गरी एल। पी।ग्याँसको खपतलाई कम गर्नुका साथै बायोस्लरीवाट प्राङ्‍गारिक मल उत्पादन गरिनेछ।प्राङ्‍गारिकवस्तुहरूकोउत्पादनकोप्रमाणीकरणरब्राण्डप्रवर्द्धनमार्फत्राष्‍ट्रियतथाअन्तर्राष्‍ट्रियस्तरमाबजारीकरणगरिनेछ।

विषादिजन्यपदार्थकोप्रयोगकोनियमनरव्यवस्थापनकालागिआवश्यकप्रबन्धमिलाइनेछ। कृषिलाईप्रविधिमैत्री,व्यावसायिक,उच्च प्रतिफलदायी एवं मर्यादित पेसाको रूपमा रूपान्तरण गरी युवाहरूलाई कृषिमाआकर्षित गर्ने कार्यक्रम ल्याइनेछ। कृषिको औद्योगिकीकरण गरी कृषिमा आश्रित जनसङ्‍ख्यालाई कृषि उद्योग,मूल्य श्रृङ्‍खलाका तहहरूरकृषि सेवा क्षेत्रमा स्थानान्तरण गरिनेछ। कृषि उपजहरूको उत्पादन, प्रशोधन रभण्डारणमासहयोग पुर्‍याउन स्क्रीन हाउस,भण्डार गृह,बिउ प्रशोधन केन्द्र र साना सिँचाइ संरचनाहरू निर्माणगरिनेछ। कृषि उपज र माटोलगायतका उत्पादनका साधनहरूको गुणस्तर परीक्षणका लागि प्रयोगशालाहरू निर्माणर सुदृढीकरण गरिनेछ। मेरो सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायमगर्नेछ।सार्वजनिक जग्गामाथिको सबै प्रकारको अतिक्रमण हटाइनेछ।जग्गा प्रशासनमा अनियमितता गर्नेउपरछानबिन गरी कडा कारबाही गरिनेछ। आगामी चार वर्षभित्रमुक्त कमैया, मुक्त हलिया, सुकुम्बासीलगायत सबैभूमिहीन र सीमान्तकृत परिवारहरूको बसोबास व्यवस्थित गरिनेछ। सूचना प्रविधिको प्रयोग गरी भूमिप्रशासनलाई व्यवस्थित, सरल, सहज र पारदर्शी बनाइनेछ। नापी हुन बाँकी रहेका सम्पूर्ण क्षेत्रको नापी कार्यआगामी दुई वर्षभित्र सम्पन्‍न गरिनेछ। राष्‍ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समीक्षा र मूल्याङ्कन गरी प्रभावकारीपुनर्व्यवस्थापन गरिनेछ। चुरे र भावर क्षेत्रका खोंचहरूमा जल पुनर्भरणका लागि पोखरीहरू निर्माण गरिनेछन्।

फलफूलका बिरुवासहितको नर्सरीको स्थापना र विकास गर्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।सरकारीस्तरवाट सञ्‍चालन भएका नर्सरीमा कम्तीमा ३० प्रतिशत फलफूलको बिरुवा उत्पादन गरिनेछ।हिमालहरूलाई फोहोरमुक्त बनाउन विशेष सफाइ अभियान सञ्‍चालन गरिनेछ।सहरहरूमा हुने वायु र ध्वनिप्रदूषणको मात्रा उल्लेखनीय रूपमा नियन्त्रण गरिनेछ। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि हरितविकासको अवधारणा अवलम्बन गरिनेछ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : ३९ बजे