५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजवंशी समाज विकास समितिकाे बृहत् सांस्कृतिक कार्यक्रम, गाभुर फ्रन्टकाे रक्तदान


२९ चैत्र २०७५, शुक्रबार  

0
Shares

8cb30e959d05fde690e556784be79253.0
गाैरादह २९, चैत / गौरादह नगरपालिका–७ स्थित ग्वालडुब्बामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजवंशी समाज विकाश समिति गौरादह–७ ले नयाँ वर्ष २०७६ तथा आदिवासी समुदायको महान पर्व सिरुवाको अवसरमा कार्यक्रम आयोजना गरेको हो । आफ्नो जातिय पोशाकमा सजिएर सहभागी भएका आदिवासी समुदायहरुले सिरुवामा मनाइने रङ सिरुवा, काद सिरुवा र पानी सिरुवा सहित घाटो सरिको पुजा गरेका थिए । आदिवासी समुदायले आफ्नो घर परिवारमा मनाइने सिरुवा पर्व सामुहीक रुपमा एकै ठाउँमा जम्मा भई हर्ष उल्लासका साथ पर्व मनाएका छन् ।
कार्यक्रममा गायक बलराम राजवंशी, ¥याप गायक हन्निराज राजवंशीको गायन प्रस्तुतीले माहोल तताएको थियो । गायन क्षेत्रमा राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल गायक बलराम राजवंशी र हन्निराज राजवंशीलाई सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । आदिवासी समुदायमा रहेका स्थानीय गायकहरुले आदिवासी भाषाका गित गाउनुका साथै नृत्य प्रदर्शन गरेका थिए । राजवंशी समाज विकास समिति वडा नं. ७ अध्यक्ष अमला राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष भिमराज राजवंशी प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा गौरादह नगर प्रमुख रोहित कुमार शाह, उपप्रमुख गिता भेट्वाल, कोचिला गाभुर फ्रन्ट केन्द्रिय अध्यक्ष अभय राजवंशी, राजवंशी समाज विकाश समिति केन्द्रिय उपाध्यक्ष हेमनसरी राजवंशी, केन्द्रिय सल्लाहकार सदस्य तिर्थ राजवंशी, पूर्व केन्द्रिय सदस्य श्रीलाल राजवंशी, राजवंशी समाज विकास समिति सदस्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । आयोजक कोषाध्यक्ष प्रमिला राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा गौरादह नगर अध्यक्ष रघुनाथ राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

काेचिला गाभुर फ्रन्टकाे रक्तदान
नववर्ष २०७६ साल तथा सिरूवा पर्वकाे अवसरमा काेचिला गाभुर फ्रन्ट गाैरादहले आज विहान गुवालडुब्बामा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकालाई प्रमुख राेहित कुमार साह थिए भने प्राविधिक सहयाेग रेडक्रस उपशाखा विर्तामोडकाे रहेकाे थियाे भने कार्यक्रमकाे सञ्चालन बविता राजवंशीले गरेका थिए । कार्यक्रममा काेचिला गाभुर फ्रन्टका गाैरादह अध्यक्ष तुलसी राजवंशी, शिक्षक फ्रन्टका अध्यक्ष कुबेर राजवंशी, काेचिला महिला फ्रन्टका अध्यक्ष सनम काेच राजवंशी, काेचिला महिला फ्रन्टका उपाध्यक्ष नाैताली राजवंशी, विर्तामोड महिला फ्रन्ट अध्यक्ष सरू राजवंशी, काेचिला गाभुर फ्रन्ट कमल गाउँपालिका अध्यक्ष महेश लाल राजवंशी, काेचिला गाभुर फ्रन्ट शिवसताक्षी सदस्य निर राजवंशीलगायतकाे उपस्थित थियाे ।

FB_IMG_1555064224474
FB_IMG_1555064165112

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ३७ बजे