१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

उत्कृष्ट नागरिक सम्मान–२०७५ राष्ट्रसेवा विधामा


२३ चैत्र २०७५, शनिबार  

0
Shares

1554565657587_2

बिर्तामोड२३, चैत
उत्कृष्ट नागरिक सम्मान–२०७५ राष्ट्रसेवा विधामा प्रदान गरिने भएको छ ।
वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाइमा झापाका एक सय २५ बढी संस्थाको सामुहिक सहभागितामा हरेक बर्ष बैशाखको पहिलो साता उक्त कार्यक्रम हुँदै आएको छ । उत्कृष्ट नागरिक छनौट समितिका संयोजक कुमार भट्टराईको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले यस बर्ष उत्कृष्ट नागरिकको रुपमा राष्ट्रसेवक मध्येबाट उत्कृष्ट एक जनालाई चयन गर्ने निर्णय गरेको हो । छनौट समितिले राष्ट्रसेवक भएर विशिष्ठ योगदान पु¥याएका व्यक्तित्वको नाम सिफारिस गर्न सार्वजनिक रुपमा आग्रह पनि गरेको छ ।
हरेक बर्ष विविध विधामा झापालीमध्ये एक जनालाई उत्कृष्ट नागरिक घोषित गरी स्वर्ण पदक, सम्मानपत्र, नगद प्रदान गर्नुका साथै सम्मानित व्यक्तित्वलाई झाँकीसहित नगर परिक्रमा गरेर निवाससम्म पु¥याउने प्रचलन छ ।
छनौट समितिमा भट्टराईसँगै मोहन शिवाकोटी र मोहन काजी न्यौपाने रहेका छन् । वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, उत्कृष्ट नागरिक सम्मान समारोह २०७५का संयोजक राजेन्द्र चौलागाई, वीरता जेसीजका दीर्घकालीन योजना सभापति तथा पूर्वअध्यक्ष राजकुमार पोखरेल, पूर्वअध्यक्ष राजेन्द्रकुमार थापा, निवर्तमान अध्यक्ष तथा समारोहका सचिव एकराज गिरीले उत्कृष्ट नागरिक सम्मान समारोहलाई उत्कृष्ट बनाउने बारे तयारी भइरहेको बताए ।
सन् १९८१मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको थालनी गरेको हो । समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तित्वलाई छनौट गरी उत्कृष्ट नागरिक घोषणासँगै सम्मान प्रदान गर्दा त्यस्ता व्यक्तित्वको योगदानको कदर हुनुका साथै सम्बन्धित क्षेत्रमा अझ धेरै योगदान गर्ने हौसला प्रदान हुन्छ भने समाजका अन्य नागरिकलाई त्यस्तै उत्कृष्ट बन्न प्रेरित गर्ने संस्थापक अध्यक्ष बस्नेतको भनाइ छ ।
बैशाखको पहिलो साता हुने कार्यक्रमको व्यवस्थापकीय तयारी समेत अन्तिम चरणमा पुगेको संयोजक चौलागाईले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ५० बजे