५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको शिलान्यास


१९ चैत्र २०७५, मंगलबार  

0
Shares

20190402_170540
झापा १९, चैत / प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रमका विच शिलान्यास गर्नु भएको हो ।

भवन शिलान्यास पश्चात कार्यक्रममा बोल्नु हुँदै मन्त्री कार्कीले प्रहरीलाई प्रविधि मैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकारले सहयोग अघि बढाएको र आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न भएमा मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभुति पाउन सक्ने र विकास निर्माणका काममा समेत तिब्रता आउने प्रष्ट पार्नु भयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद मन्तब्य राख्नु हुँदै सिमा नाकामा खटिने प्रहरीले सारा देशकै सुरक्षा स्थितिको प्रतिनिधित्व गर्ने हुँदा सिमित श्रोत साधन तथा भौतिक पूर्वाधारका वावजुद पनि सुरक्षा प्रदान गर्दै आईरहेकोमा प्रदेश सरकारको बजेट मार्फत सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुनुले कार्य सम्पादनमा थप हौसला प्राप्त हुने बताउनु भयो । वहाँले प्रहरीलाई श्रोत साधनले सम्पन्न बनाउने प्रदेश सरकारको उदेश्य अनुसार प्रदेश भरी बिभिन्न प्रहरी कार्यालयहरुको निर्माण भईरहेको हुँदा आगामी दिनहरुमा कार्य सम्पादन थप प्रभावकारी हुने पनि प्रष्ट पार्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वागत मन्तव्य राख्दै सम्पुर्ण आगन्तुक महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले आ-आफ्नो धारणा राख्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसारका कार्यक्रमहरु संचालन गर्दै प्रहरी र नागारीक एक अर्काको परिपुरक भएर कार्य गर्दा अपराधीक गतिबिधीहरु स्वत न्यूनिकरण हुने धारणा राखेका थिए । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुखहरु, उद्योगी ब्यबसायी, समाजसेवी, स्थानीय जन प्रतिनिधीहरु पत्रकार लगायत करिव ५०० जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : २१ बजे