७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजमा सरकारी वकिलकाे न्यायिक परामर्श


१५ चैत्र २०७५, शुक्रबार  

0
Shares

20190329_121621

गौरीगंज१५, चैत / झापाको गौरीगंजमा समुदायमा सरकारी वकिल विषय १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका सभाहलमा आयोजना गरिएको अन्तरक्रियामा गाउँपालिका भित्रका जनप्रतिनिधि, संघसंस्था, राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, सुरक्षा निकायहरुको सहभागिता रहेको थियो । जिल्ला सरकारी वकिल कार्यालय झापाको आयोजनामा सम्पन्न अन्तरक्रियामा सरकारी वकिलको दायित्व र भुमिका, सरकारी वकिलको सांगठनिक संरचना, काम कर्तव्य र अधिकार, संवैधानिक व्यवस्था, पिडितका अधिकार र स्वच्छ सुनुवाईका विषयमा जिल्ला न्यायधिवक्ता केशव प्रसाद पन्त र सहायक जिल्ला न्यायधिवक्ता कल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गरि छलफल गरिएको थियो । गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा उपाध्यक्ष दिपेन्द्र थापा, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेल, बहुमुखी क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका नासु रामप्रसाद पाेख्रेल, घनेन्द्र राय क्षेत्री, श्याम कुमार राई, खरिदार उपेन्द्र रिमाललगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ४१ बजे