६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज शिक्षा शाखा प्रमुख अधिकारीलाई विदाई, भट्टराईलाई स्वागत


८ चैत्र २०७५, शुक्रबार  

0
Shares

20190322_160906

गाैरीगंज ८, चैैत/ गाैरीगंज गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम अधिकारीलाई एक कार्यक्रमकाे आयाेजना गरि आज विदाई गरिएकाे छ ।

गाैरीगंज गाउँपालिकाकाे सभाहलमा आयाेजित कार्यक्रममा शिक्षा नीति अनुरूप स्राेत व्यत्तिलाई काजमा फिर्ता बाेलाउने
व्यवस्था अनुसार शिक्षा प्रमुख अधिकारीलाई विदाई गरिएकाे हाे । उनकाे स्थानमा पदवहाली हुनुभएका नव नियुत्त शिक्षा प्रमुख केशव भट्टराईलाई साेही कार्यक्रममा स्वागत गरिएकाे थियाे ।
वि.स. २०४४ सालदेखि शिक्षण सेवा शुरू गर्नुभएका अधिकारी झापाकै कन्काई बहुमुखी क्याम्पसबाट एम.एड. सम्मकाे अध्ययन पूरा गरेका छन् । वि.स. २०७२ साल श्रावण १ गतेदेखि गाैरीगंज स्राेत केन्द्रकाे स्राेत व्यत्तिरूपमा नियुक्ती भई शिक्षा शाखा प्रमुखकाे भुमिका निर्वाह गर्दै आउनुभएका अधिकारी लगनशील, मृदुभाषी,स्पष्ट वक्त्ता तथा सहयाेगीकाे रूपमा यस क्षेत्रमा परिचित छन् । उनलाई गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, शिक्षा संयाेजक दिपिन्द्र थापा र प्रशासकीय अधिकृत राजकुमार शाक्यले संयुक्तरूपमा अविर, फुलमाला लगाएर सम्मानपत्रले सम्मानितसमेत गरेकाे थियाे ।
शिक्षा समिति गाैरीगंजका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्याव्सन गाैरीगंजका संयाेजक कमल राजवंशी, सचिव श्यामनारायण राजवंशी,काेषाध्यक्ष गाेपाल राजवंशी, प्याब्सन सल्लाहकार कमलेश्वर राजवंशीलगायत अन्य सदस्यहरूले समेत संयुक्तरूपमा उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वडा नं.३ का अध्यक्ष मखना महताे, वडा नं.१ का अध्यक्ष कार्तिक लाल राजवंशी, प्याब्सन गाैरीगंजका अध्यक्ष कमलप्रसाद राजवंशी, प्र.अ. गहेन्द्र विक्रम साह, नेपाल शिक्षक महासंघका गाैरीगंज अध्यक्ष हरिलाल यादवलगायतले बाेलेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : २५ बजे