३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

अपांगता भएका व्यत्तिलाई न्यानाे कम्वल वितरण


७ माघ २०७५, सोमबार  

0
Shares

20190121_145350
गाैरीगंज ७, माघ/ गाैरीगंज गाउँपालिका वार्ड नंं. ४ ले एक कार्यक्रमकाे आयाेजना गरी अपांगता भएका व्यत्तिलाई न्यानाे कम्बल वितरण गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ४ लेे आफ्नाे सिलिङ्ग बजेटबाट लक्षित वर्गकाे बजेट अन्तरगत ६० हजार रूपैयाँबाट न्यानाे कम्वल वितरण गरिएकाे हाे ।
वडास्तरिय वितरण कार्यक्रममा अपाङ्गता भएका ३२ जनालाई न्यानाे कपडा वितरण गरिएकाे वडा अध्यक्ष कुल प्रसाद गिरीले बताए ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा भएकाे वितरण कार्यक्रममा प्रशासकिय अधिकृत राजकुमार शाक्य, वडा सदस्य रामप्रसाद राजवंशीलगायतले मन्तव्य राखेकाेे कार्यक्रमकाे अध्यक्षता वडा अध्यक्ष कुलप्रसाद गिरीले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन वडा सचिव अजय साहलेे गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  १० : ३७ बजे