७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

गाैरीगंजमा कुष्ठराेग प्रभावित विरामीलाई कम्बल र फलफुल वितरण


२ माघ २०७५, बुधबार  

0
Shares

गाैरीगंज २, माघ / ६६ औंं विश्व कुष्ठराेग दिवसकाे अवसरमा गाैरीगंज गाउँपालिकाका कुष्ठराेग प्रभावित विरामीहरूलाई आज एक कार्यक्रमकाबीच कम्बल तथा फलफुल वितरण गरिएकाे छ ।
ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा काठमाडौंकाे आयाेजना र गाैरीगंज गाउँपालिकाकाे संयाेजनमा भएकाे कार्यक्रममा २३ जना गरिब तथा विपन्न परिवारका कुष्ठराेग प्रभावित विरामीलाई कम्बल तथा फलफुल वितरण गरिएकाे थियाे । एन.एल. एफ. सुनसरी, एन .एल.आर. विराटनगर र आईडिया नेपालकाे संयुक्त सहयाेगमा भएकाे कार्यक्रममा ५० हजार रूपैयाँ वजेट विनियोजन गरिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख विकास पाैडेलले बताए ।
‘कुष्ठराेग कार्यक्रमकाेे गन्तव्य, गलत धारणा र विभेदकाे अन्त्य’ नारासहित महाशाखाले आयाेजना गरेकाे कार्यक्रमकाे अध्यक्षता गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा इपिडिमिलाेजी तथा राेग नियन्त्रण महाशाखा काठमाडौंका प्रमुख डा. रविन्द्र बास्काेटा, प्रदेश नं १ क्षेत्रिय स्वास्थ निर्देशनालयका प्रमुख ध्रुव उराँव, गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विधा पाेख्रेल, आईडिया नेपालका प्रतिनिधि अमर तिम्सिना र जयविन्द्र कुमार यादव र माेरङ्गका स्वास्थ कार्यालय माेरङ्गका रामनरेश ठाकुरलगायतकाे उपस्थिति रहेकाे थियाे । प्राथमिक स्वास्थ केन्द्र गाैरीगंजमा १२ जना कुष्ठराेगी र कुष्ठराेग प्रभावित विरामीहरू नियमित चेक जाँच र औषधि लिई राखेका छन् ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ७ : ५८ बजे