४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मोरङका सन्थाल समुदायले मनाए सोहराय पर्वको ‘खुन्टोव’


२८ पुस २०७५, शनिबार  

0
Shares

20190112_131343
गाैरीगंज २८, पुस /
सन्थाल समुदायको जारी सोहराय पर्वको तेश्रोदिन ‘खुन्टोव’ मनाइएको छ । मोरङको जहदा गाउँपालिकाका सन्थाल समुदायले पारम्परिक मान्यता र चलन अनुसार खुन्टोब मनाएका हुन् । खुन्टोबका दिन बर्षभरि खेती किसानीको क्रममा अन्न उत्पादन गर्न सघाउने गोरु र रांगाको पुजा गर्ने गरिन्छ । यस दिन सन्थाल समुदायले घरआँगन लिपपोत गरेर बाँसको लिङ्गो गाड्ने गरेका छन् र सोही लिङ्गोमा गोरु र रांगालाई बाँधेर अन्न र घरमा पकाइएको बिशेष परिकार खुवाउने गरिन्छ । सो क्रममा बाँधिएको राँगा र गोरुलाई जिस्काएर ख्यालठट्टा गर्ने गरिन्छ । यसदिन घरमा डाकिएका पाहुनाहरुसँग बसेर खानपिन गर्दै मनोरञ्जन गर्ने चलन रहेको जहदा ७ का वडाध्यक्ष भगवानलाल बेसराले जानकारी दिए । (मकालु टेलिभिजन)

प्रकाशित मिति : २८ पुस २०७५, शनिबार  ७ : ३४ बजे