४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रामजानकी आधारभुत विधालय महाभराका २ सय २८ विधार्थीलाई स्वेटर वितरण


१९ पुस २०७५, बिहिबार  

0
Shares

20190103_151802
महाभरा १९, पुस /
रामजानकी आधारभुत विधालय गाैरीगंज – १ महाभारा देवीगाढाका २ सय २८ विधार्थीलाई एक भव्यकार्यक्रमका बीच आज न्यानाे कपडा ( स्वेटर) तथा शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्र नं ४ का संघिय सांसद माननीय लाल प्रसाद सांवाकाे आतिथ्यताहा उत्त विधार्थीलाई न्यानाे कपडा (स्वेटर) तथा शैक्षिक सामाग्री प्रदान गरिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघिय सांसद सावाँले हुलाकी राजमार्गकाे पुर्व कन्काई नदी देखि रतुवा पुलसम्मकाेबाटाे २४ किलाेमिटर यसै वर्षदेखि ठेक्का प्रक्रिया अघि बढाउने बताए । यस क्षेत्रकाे नदी कटानलाई नियन्त्रण गर्न तटबन्धन कार्यलाई सरकारले प्राथमिकताकासाथ हेरिरहेकाे बताउदै उनले यस क्षेत्रका किसानका लागि कृषि क्षेत्रमा लगानी गर्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ का प्रदेश सांसद झलक सिंह दर्लामीले शैक्षिक गुणस्तरका लागि यस क्षेत्रकाे १० वटा विधालयलाई प्राविधिक विधालयकाे रूपमा विकास गर्न सामाजिक विकास मन्त्रालयमार्फत यसै आर्थिक वर्ष देखि कार्य शुरू गरिने बताए । प्रदेश सांसद सावाँले यस क्षेत्रकाेे खानेपानी, स्वास्थ्य, शिक्षा, सडक,विजुुुली बत्ती, जस्ता आधारभुत आवश्यकताहरू जनतासमक्ष पुर्याउन प्रदेश सरकारकाे पहिलाे प्राथमिकतामा राखेकाे बताए ।

कार्यक्रममा गाैरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७५/ ७६ सालका लागि शिक्षा क्षेत्रलाई सुधार एवं गुणस्तर बनाउन १ कराेड रूपैयाँ बजेट विनियाेजन गरिएकाेे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले वडानं १ काे समग्र विकासका लागि विनियोजन गरिएकाे बजेट सञ्चालनमा सम्पुर्ण अभिवाकहरूलाई निगरानी राख्नसमेत आग्रहसमेत गरेका थिए ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष विधानन्द सिंह राजवंशी का अनुसार वि. सं २०४४ सालमा तत्कालीन प्रधानपञ्च हरिनारायण सिंह राजवंशीकाेे पहलमा विधालयकाे स्थापना भएकाे थियाे । स्थानिय समाजसेवी कालीप्रसाद राजवंशीले दान दिएकाे ८ कठ्ठा जग्मामा विधालयकाे स्थापना भएकाे हाे ।

कार्यक्रममा जग्गा दान दिएका तथा शैक्षिक सामाग्री र पंखा प्रदान गर्ने दाताहरूलाई सम्मानसमेत गरिएकाे थियाे । दाताहरूमा एक विघा जग्गा प्रदान गर्नुहुने लक्ष्मी प्रसाद श्रेष्ठ, सुनचाँदी पसल शिवगंजका दिपेश लम्गादे र सहयाेगी साथीहरूसहित २० हजार बराबरकाे स्वेटर, कंकेश्वर निर्माण प्रा.लि.ले १० हजार मूल्य बराबरकाे स्वेटर, टंक श्रेष्ठ १० हजार रूपैयाँ बराबरकाे स्वेटर, बुद्विमान खाेयाङ लिम्बुले १२ हजार रूपैयाँकाे स्वेटर, विशाल संग्राैलाले ८ हजार रूपैयाँकाे स्वेटर, अस्मिता मे.बाेर्डिङ्ग स्कुल मिलन मैनालीबाट ५ हजार रूपैयाँकाे स्वेटर र विज्ञान सामाग्री माईक्राेस्काेप, विष्णु प्रसाईबाट ४ हजार ९ सय रूपैयाँ बराबरकाे स्वेटर, सहदेव फर्निचरबाट अफिस टेवल, किरण फर्निचर उधाेग श्रवण महताेेेबाट अफिस टेवल, किन्जल हार्डवेयर नगेन्द्र कुवरबाट सिलिङ पंखा २ थान, ओम हार्डवेयर ओेम प्रकाश राजवंशीबाट २ थान सिलिङ पंखा, हाम्रो पुस्तक पसल शिवगंज नवीन मैनालीबाट ४ हजार रूपैयाँ बराबरकाे शैक्षिक सामाग्री, गाेपाल प्रसाद ढुंगानाबाट ३ हजार बराबरकाे शैक्षिक सामाग्री, स्व. जनाकु र गयासरी राजवंशीकाे स्मृतिमा टेक,गंगा र पञ्चम राजवंशीबाट एक थान दराज विध्यालयलाई प्राप्त भएकाे विध्यालयका प्रधानाध्यापक टेकनारायण राजवंशीले जानकारी दिए ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, गाैरीगंज गाउँपालिकाका स्राेत व्यत्ति डिल्लीराम अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । विधालय व्यवस्थापन समितिका अध्यक्ष विधानन्द राजवंशीकाे अध्यक्षतामा भएकाेे कार्यक्रमकाे सञ्चालन विधालयका प्रअ टेकनारायण राजवंशीले गरेका थिए भने कार्यक्रमकाे स्वागत विधालयका शिक्षिका कमला थापाले गरेेेेकी थिईन् ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ९ : ५६ बजे