३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

वडा अध्यक्षमाथि हातपात, कार्वाहीका लागि उजुरी


१२ पुस २०७५, बिहिबार  

0
Shares

20181227_152011

गाैरीगंज १२ , पुस / गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताेलाई गाली गलाैज गर्दै हातपात गरेकाे भन्दै सार्वजनिक मुद्दा दर्ता गरि कार्वाहिका लागि आज वडा कार्यालयले उजुरी दिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ गाैरीगंज चाैकदेखि अल्तावारी सडक खण्ड अन्तर्गत गाैरीगंज चाैक नजिक बाटाेमा नाला खन्ने विषयलाई लिएर गाैरादह नगरपालिका वार्ड नं १ बस्ने भुपाल कटुवालले अध्यक्ष महताे माथि गाली गलाैज गरि हातपात गरेकाे भन्दै प्रशासनमा उजुरी दिएकाे हाे ।
वडा कार्यालयले आज विहान १० वजे देखि १०.२० बजे बीचकाे समयमा वडा अध्यक्ष महताेलाई गाली गलाैज गर्दै हातपात गरी फरार भएकाे हुनाले निज कटुवाललाई पक्राउ गरि कानुनि कार्वाहीका लागि माग गरेकाे छ ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ९ : ४५ बजे