६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मिस कोच ईन्टरनेशनलको ताज हेरोलिनलाई


१ पुस २०७५, आइतबार  

0
Shares

20181216_123146

धुलाबारी १,पुस/
मिस कोच ईन्टरनेशनल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकीछन् । तिम्रो लागि तिम्रो करियर महत्वपुर्णकी तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र परिवार दुबै मेरा लागि महत्वपुर्ण छ । तर परिवारको सपोर्टको लागि करियर पनि महत्वपुर्ण छ भन्ने जवाफ दिदै उपाधि जित्न सफल भएकी हुन् । त्यस्तै फस्ट रनरअपको उपाधि भारत उत्तर बंगालकी प्रतिमा सिहले र सेकेन्ड रनरअपको उपाधि झापा धुलाबारीकी सोनाली राजवंशीले जितेकी छन् ।

ताज जित्नु भएकी सदापले नगद एक लाख, फस्ट रनरअफ सिंहले ५० हजार र सेकेण्ड रनरअफ राजवंशीले २५ हजार नगद, एकएक वटा मोबाइल, होटल मेनेजमेन्ट अध्ययनगर्ने अवसर र अन्यविभिन्न पुरस्कारहरु हातपारेको आयोजक झापा मिडिया हाउसका सिईओ योगेश राजवंशीले बताउनु भयो । झापा मिडिया हाउसको आयोजानमा भएको प्रतियोागितामा नेपालको झापा, मोरंग, सहित भारतको उत्तरबंगाल, मेघालय र असमका गरी १७ जना युवतीहरु सहभागि थिए ।

प्रतियोगितामा मिस ट्यालेन्ट हियामणी सरकार, मिस डिसिप्लेन्ट आसा राजवंशी, मिस क्याटवक सुदिप्ता महन्त, सपना ब्यूटी विथ प्रपोच हेरोलिन कोच, मिस एक्टीब प्रियंका बरुवा, मिस फ्रेण्डसीप रोहिनी माझी, मिस हेयर सम्झना राजवंशी, मिस पपुलर प्रतिमा सिंह, मिस स्पोटर्स रुबिता कोच, मिस फिजिक्स सोनाली राजवंशी, मिस पर्सनालिटी बुलबुली कोच र मिस फोटो जेनिक करिश्मा कोच भएको आयोजकका प्रबन्ध निर्देशक अभय राजवंशीले जानकारी दिनु भयो । प्रतियोगिताको कोरियोग्राफर सपना राजवंशीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन दिलिप राजवंशीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  ६ : ५४ बजे