४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जेष्ठ नागरिक गाैरीगंजकाे ‘छाेरा बुहारी’ प्रशिक्षण कार्यक्रम सम्पन्न


२८ मंसिर २०७५, शुक्रबार  

0
Shares

20181214_115455
गाैरीगंज २९, मंसिर / जेष्ठ नागरिक संघ गाैरीगंजकाे आयाेजनामा आज एक दिने छाेरा बुहारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ६० भन्दा बढी छाेरा बुहारीहरूकाे सहभागिता थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं६ मा रहेकाे काेटेश्वर शिवालय मन्दिरकाे सभाहलमा सम्पन्न कार्यक्रममा राम राज्यमा भाइ लक्ष्मण जस्ताे हाेस भन्ने चाहना गर्नेले आफू राम जस्ताे बन्नु पर्ने, दाजु राम जस्ताे हाेस चाहनेले आफू राम जस्ताे बन्नु पर्ने, बुहारी सीता जस्ताे हाेस चाहने सासुले आफू काैशल्या जस्ताे हुनु पर्ने र सासू काैशिल्या जस्ताे हाेस भन्ने चाहनेले आफू सीता जस्ताे हुनुपर्ने, बुबा दशरथ जस्ताे हाेस चाहना गर्नेले आफू राम जस्ताे बन्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि दिपिन्द्र थापाले बाेलेका थिए ।

सहभागीहरूलाई काठमाडौबाट आएका दामाेदर सुवेदीले प्रशिक्षण दिएका थिए ।
नेपाली समाजमा छाेरा बुहारीलेे आफ्ना जेष्ठहरूलाई गर्ने मानसम्मान, इज्जत प्रतिष्ठा र पालनपाेषणमा ध्यान नदिने गरेकाे हालकाे परिपेक्ष्यमा छाेराबुहारीलाई बुबाआमा भगवान तुल्य भएकाे र उनीहरू नै जन्म र कर्म दिने भएकाेले उनीहरूलाई सम्मान गर्नु पर्ने प्रशिक्षणमा सहभागीलाई सुझाईएकाे थियाे ।

कार्यक्रममा अल्जाइमर्स राेगका लक्षण र राेग लाग्नबाट बच्ने उपायका विधिहरू सिकाईएकाेे थियाे ।
जेष्ठ नागरिक संघ गाैरीगंजका अध्यक्ष विश्वप्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जेष्ठ नागरिकका जिल्ला अध्यक्ष भवानी प्रसाद दाहाल, जिल्ला सचिव जयप्रसाद संग्राैला, गाैरीगंज गाउँपालिकाका कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य रमकुमारी विश्वकर्मा, प्रहरी सहायक निरिक्षक राम श्रेष्ठ, पम्फादेवी दाहाल, प्रशिक्षक मनाेहर उप्रेतीलगायतकाे उपस्थिति थियाे ।
कार्यक्रमकाे स्वागत जेष्ठ नागरिक संघ गाैरीगंजका उपाध्यक्ष रामकृष्ण यादवले गरेका थिए भनेे संचालन विष्णु न्याैपानेले गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  २ : २९ बजे