५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आरम्भले गौरादहमा बिज्ञान प्रदर्शनी गर्ने


२२ मंसिर २०७५, शनिबार  

0
Shares

f3ea518d419faad83829748eada420b7.0

गौरादह २२, मङ्सिर / गौरादहमा पहिलो पटक मावि स्तरिय बृहत विज्ञान प्रदर्शनी हुने भएको छ । आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदनको संयुक्त आयोजनामा यहि पुष ६ गते गौरादह २ स्थित विधोदय शिशुसदनमा उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा भौतिकशास्त्र, रसायनशास्त्र र जिवविज्ञानका बिभिन्न परियोजनाहरु अवलोकनका लागि राखिनेछन् । प्रदर्शनीमा अन्तर विद्यालय स्तरीय विज्ञान परियोजना प्रतियोगितासमेत राखिएको छ । प्रतियोगितामा गौरादह नगरपालिकाका अधिकांश विद्यालयहरुले सहभागीता जनाउने आयोजकको भनाइ छ । प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले तयार पारेका भौतिक, रसायन तथा जिवविज्ञानका परियोजनाहरु प्रदर्सनीका लागी स्टलमा राखिन बताइएको छ । त्यसका अलाबा दमक बहुमुखी क्याम्पस विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुको परियोजनाहरु पनि प्रदर्शशनिमा रहने छन । प्रतियोगीहरुका र अन्य गरेर २४ भन्दा धेरै स्टलहरु प्रदर्शनीमा राखिने आयोजकले बताएको छ । प्रदर्शनीले विद्यार्थीहरुमा आधारभुत विज्ञान प्रकृयकहरुबारे व्यवहारीक ज्ञान दिने साथै सहभागी विद्यार्थीहरुको प्रस्तुतिकरण क्षमताको विकास गर्न मद्दत पुर्याउने बताईएको छ । व्यवाहारीक शिक्षामा जोड दिनु साथै विद्यार्थीहरुमा प्रस्तुतीकरण तथा नेतृत्व क्षमताको विकास गर्नु कार्यक्रमको प्रमुख लक्ष्य भएको आयोजक आरम्भ फाउण्डेसन झापा शाखाकि अध्यक्ष सृजना भण्डारीले बताइन । व्यवाहारीक शिक्षालाई जोड दिने यस्ता कार्यक्रमहरुको शुरुवात गौरादह नगरपालीकामा सकारात्मक रहेकाले सहकार्यमा यस प्रदर्शनी आयोजना गर्न लागीएको विधोदय शिशुसदनका निर्देशक नारायण बस्नेतले जानकारी गराए । प्रदर्शनीलाई १५०० विद्यार्थीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनी थप एक दिन लम्बिन सक्ने पनि आयोजकले बताएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  २ : ०३ बजे