५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण शुरु 


१६ मंसिर २०७५, आइतबार  

0
Shares

20181202_184323

बिर्तामोड १६, मंसिर / झापा मिडिया हाउसको आयोजनामा नेपालमै पहिलोपटक हुन गईरहेको यसोदा फुड्सको मुख्य प्रयोजन रहेको मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज आईतबार बाट शुरु भएको छ । झापाको घैलाडुब्बा स्थित टेकनारायणबारीमा आजबाट सहभागिहरुको प्रशिक्षण शुरु भएको हो ।

झापा मिडिया हाउसका सिईओ योगेस राजवंशीको सभापतित्व तथा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कन्काइ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष देवि अधिकारी, २ का अध्यक्ष पर्शुराम गिरी, ३ का अध्यक्ष रुद्र प्रसाद चिमरिया, ४ का अध्यक्ष गोविन्द प्रसाद पौडेल, ५ का अध्यक्ष कृष्ण राई, ६ का अध्यक्ष लक्ष्मि ओली, ७ का अध्यक्ष लिला बहादुर कन्दङ्वा, ८ का अध्यक्ष प्रेम बहादुर कटुवाल, वडा नम्बर ९ का अध्यक्ष प्रेम प्रसाद राजवंशी,कार्यपालिका सदस्य चुवा लाल राजवंशी, साथै राजेन्द्र आङ्वुहाङ, नरमान श्रेष्ठ, शान्ता चुडाल, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी, सचिव जय प्रसाद राजवंशी, आदिवासिजनजाती महासंघकी केन्द्रिय सचिव सुकमती राजवंशी, भोईस अफ कोच आसामका जेनेरल सेक्रेटरी कौसिक राय, जाजाङ कोच, धर्मराज माझी, जानुका ताजपुरीया लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै बिच कोचिला गभुरफ्रन्ट सिबसताक्षि नगर समितिबाट प्रदान गरिएको कोच समुदायका ऐतिहासिक फोटोहरु प्रदर्शनी पनि गरिएको थियो ।

नेपाल सहित भारतको आसाम, मेघालय, उत्तरबंगाल लगायत बिभिन्न स्थानमा भएको अडिसनबाट छनौट भएका सहभागि प्रतियोगिहरुलाई आजबाट कोच समुदायको रहनसहन, रितिवाज, संस्कार संस्कृति, खानपान सहित बिभिन्न प्रशिक्षण दिईने झापा मिडिया हाउसका डाईरेक्टर अभय राजवंशीले जानकारी दिनुभयो ।

१५ दिन सम्म हुने प्रशिक्षणको कोरियोग्राफर सपना राजवंशीले गर्नुहुने छ । कोच समुदायका महिलाहरुको ब्यक्तित्व तथा नेतृत्व विकास गराउने उदेस्यले यस ऐतिहासिक कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  १ : ०० बजे