३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अाठमाैजा सहकारीले भव्यरूप मनायाे १० अाैं बार्षिकाेत्सव


८ मंसिर २०७५, शनिबार  

0
Shares

20181125_122110

गाैरीगंज ९, मंसिर / अाठमाैजा वचत तथा ऋण सहकारी संस्था लि खजुरगाछीले अाफ्नाे १० अाैं वार्षिकोत्सब अाज मनाएकाे छ ।
संस्थाले विभिन्न विधामा उत्कृष्ट शेरधनिहरूलाई सम्मान तथा ‘स्वास्थ्यका लागि दाैड’ भन्ने नारासहित बार्षिकाेत्सव मनाएकाे हाे । संस्थाका अध्यक्ष अर्जुन दंगालकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले १० वटा मैनवत्ती बालेर उद्घाटन गरेका थिए ।

संस्थाले नियमित सम्मान अरूण कुमार यादव स्मृति सहकारी सम्मान स्थापना गरि विगत २ वर्ष देखि नगदसहित सम्मान पत्र प्रदान गर्दै अाएकाे छ । संस्थाले यस वर्ष लाइफ लाईन अस्पताल दमकलाई नगद रू १० हजार रूपैयाँसहित प्रमाणपत्रले सम्मान गरेकाे छ । पहिलाे वर्षमा वर्तमान गाैरीगंज गाउँपालिकालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई नगद रू १० हजारले सम्मान गरेकाे थियाे भने दाेस्राे वर्षमा डा प्रेमल कुमार जाेशीलाई नगदसहित सम्मान गरेकाे थियाे ।

संस्थाले वार्षिकोत्सबकाे अवसरमा अाठमाैजा सहकारी सम्मानले शेयरधनी उदयलाल यादव, गंगाराम ताजपुरिया, सतानु गन्गाई लाई सम्मानित गरिएकाे थियाे। त्यसैगरी अाठमाैजा जेष्ठ नागरिक सम्मान २० जनालाई, ४ जना विधार्थीलाई ५ हजारका दरले छात्रवृत्ति, ६० जना विधार्थीलाई व्याग वितरण गरिएकाे थियाे ।

त्यसैगरी संस्थाले ‘स्वास्थ्यका लागि दाैड’ भन्ने नारासहित प्रतिस्पर्धात्मक तथा सहभागितामुलक दाैडमा प्रथम हुने दमक नगरपालिका वार्ड नं ८ का मेघराज राईलाई रू ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएकने थियाे भने दाेस्राे हुने
गाैरादह नगरपालिका वार्ड नं ७ का महेश कार्कीलाई ३ हजार रूपैयाँ र तेस्राे हुने गाैरीगंज गाउँपालिका वार्ड नं ६ का संजय मर्डीलाई २ हजार रूपैयाँसहित प्रमाण पत्र प्रदान गरिएकाे थियाे । सहकारीकाे अाफ्नै भवनबाट शुरू गरिएकाे दाैड ४ किलाेमिटर दुरीमा प्रथम विजेता राईले १५ मिनेटमा पूरा गरेका थिए । प्रतियोगितामा १ सय ५० जनाले नाम दर्ता गराएका थिए ।
कार्यक्रममा विशेष अतिथिकाे रूपमा ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि भट्टराई, अतिथि नेपाल बैंक लि गाैरीगंजका प्रमुख कमला चापागाई, प्राईम बैंक गाैरीगंजका प्रमुख शरद काफ्लेलगायतकाे उपस्थित थिए । संस्थाका उपाध्यक्ष कुमार भण्डारीकाे स्वागत गरेकाे कार्यक्रममा शेयरधनी उदयलाल यादव, प्राइम बैंकका प्रमुख शरद काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन हरि लाैडारीले गरेका थिए ।
अाठमाैजा बचत तथा ऋण सहकारी संस्था २०६५ सालमा स्थापना भई संस्थाकाे साताैं सिद्वान्त समुदाय र वातावरणप्रति चासाे अनुसार संस्थाले विविध सामाजिक गतिविधि संचालन गर्दै अाएकाे छ ।
20181125_122917

20181125_121841

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार  ४ : ३६ बजे