४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

समुदाय- प्रहरी साझेदारी समिति गौरादह गठन


२९ कार्तिक २०७५, बिहिबार  

0
Shares

e9d2ec3f70d9dd0ac8dbb09a8594e196.0

युबराज रेग्मी गौरादह २९, कार्तिक / “हर प्रहर , गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !! “भन्ने मुल नारा लिएर समाजमा शान्ति सुरक्षा प्रदान गर्न देश भरका सम्पुर्ण पालिकास्तरिय सामुदायिक कार्यक्रम अन्तर्गत प्रत्येेक पालिकामा रहेका योजना समन्बय अनुगमन तथा मुल्यांकन गर्न पालिकास्तरिय समिति गठन कार्यक्रम सन्चालित छ । यसै अनुरुप गौरादह नगरपालिकाले झापा जिल्ला प्रहरी कार्यालयसंग गरेको साझेदारी सम्झौता अन्तर्गत इलाका प्रहरी कार्यालयमा सहायता कक्ष रहने गरि ” सामुदायिक प्रहरी नगरपालिका समिती गौरादह “गठन गरिएको छ । यस समितिको सहायताबाट समाजमा हुन सक्ने विभिन्न किसिमका सम्भावित आपराधिक घटना हुन नदिन त्यस्ता आपराधिक गतिबिधि लाई दुरुत्साहन गर्न तथा हरेक नागरिकले सान्तिपुर्ण जीवन यापन गर्न पाउने अधिकारलाई प्रभाबकारी बनाउन नेपाल प्रहरी , स्थानिय तह ,समुदाय ,सामाजिक संस्था र बिध्यालय क्षेत्रका सदस्यहरु रहने गरि २० सदस्यीय कार्यसमिती गठन गरिएको छ । नगर प्रमुख रोहित कुमार साहको संयाेजकत्वमा गठित समितीको सह-सम्योजकहरुमा नगर उप-प्रमुख गिता भेटवाल र इलाका प्रहरि कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बा , सदस्य सचिबमा इलाक प्रहरि कार्यालय गौरादहका प्रहरी नायब निरीक्षक बिनोद श्रेस्ठ ,त्यसैगरि सदस्यहरुमा हेमन्त कार्की , बाबुराम भण्डारी ,गोपाल काफ्ले ,नारायण घिमिरे ,बेणु प्र. अधिकारी ,गोबिन्द श्रेस्ठ , देबेन्द्र कुमार खड्का ,केदार ताजपुरिया ,भिमा उप्रेती ,लिला कार्कि ,भुपाल कटवाल ,दुर्गा गौतम ,ज्ञानेन्द्र खत्री ,राजु घिमिरे ,ताराबिन बुढाथोकी र मोहन कृष्ण घिमिरे रहेका छन । कार्यक्रममा बोल्दै उप-प्रमुख भेट्वालले गौरादह नगर भित्र हुन सक्ने सम्भाबित समस्याहरुलाइ समाधान गर्न सबै मिलि सरसल्लाह सुझाब र जन चाहाना अनुरुप अघि बड्न आवस्यक रहेको कुरा अबगत गराउनु भयो । त्यसै गरि नगर प्रमुख साहले नगरको समुन्नत बिकासका लागि गौरादह भित्र रहेका संघ सस्था र सम्बद्द नागरिक हरु मिलि सुरक्षित र समुन्नत समाज निर्माणका लागि समुदाय प्रहरी गौरादहले आयोजना गरेको यस साझेदारी कार्यक्रम अतिनै सान्दर्भिक र आवस्यक रहेकोले समाजमा रहेका जिम्मेवार नागरिकहरु मिलि बनेको नब गठित समिती मार्फत यश पालिकामा थप सान्ति सुरक्षाको जग निर्माण भएको अबगत गराउनु भएको छ। साथै गौरादह नगर भित्र रहेका बिधालयमा अध्ययनरत बिध्यार्थीहरुका समस्या ,समाजमा रहेका जेष्ठ नागरिकहरुका समस्या ,महिला बालबालिका हरुका समस्या समाधान गर्न साथै समाजमा हुन सक्ने बिकृती हटाउनका लागि प्रहरी सग मिलेर नागरिक लाई स्वतन्त्र रुपले बाच्न पाउने अधिकारको सुनिश्चित गरि समृद्ध गौरादह निर्माण गर्नका लागि सबै लागि पर्न अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार  १ : २६ बजे