५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

ग्रामीण पत्रकार मन्चको शुभकामना आदन- प्रदान तथा चेस प्रतियोगिता सम्पन्न


२१ कार्तिक २०७५, बुधबार  

0
Shares

20181107_114449 गाैरादह २१, कार्तिक / ग्रामिण पत्रकार मन्च गौरादह- गौरिगन्जको आयोजनामा आज गौरादह कृषि क्याम्पसमा गरिएको गाउँ तथा नगर स्तरिय खुल्ला चेस प्रतियोगिता सप्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गौरादह नगर प्रमुख रोहित कुमार साहले शब्दमा रमाउने कलमजिबि पत्रकारहरुको सहायताबाट नै भ्रस्टाचार मुक्त समाज निर्माण गर्न सकिने उद्घोष गर्नु भएको छ ।कार्यक्रमलाई सम्बोधनकै क्रममा गौरिगन्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले खेलको माध्यम बाट तन्दुरुस्त प्राप्त गर्न सकिने र घर भित्र खेलिने खेलको माध्यमले बौदिक बिकासमा थप टेवा पुग्ने कुरा अबगत गराउनु भएको छ । कार्यक्रमका अतिथी राप्रपा गौरादह नगर सचिब रमेस थापाले ग्रामिण पत्रकार मञ्चको नारा ” सन्चार छ सन्सार छ ,सन्चार छैन सन्सार छैन ” नारा एक्दम सान्दर्भिक भएकोले सन्चारले सन्सारलाई जोड्ने भएकोले यसको जगेर्ना गर्न सबै लाग्नु पर्ने बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार संगठन झापा जिल्ला सचिब श्री श्याम पोख्रेलले ग्रामिण पत्रकार मञ्चको आयोजनामा भएको बुद्दिचाल ( चेस ) प्रतियोगिताको प्रसम्सा गर्दै यस्ता कार्यक्रमलाई नगर तथा गाउँपालिकाले आफै आयोजना गरि चेस खेल प्रति युबाहरुलाइ आकृष्ट गर्न आवस्यक रहेको बताउनु भएको छ । त्यसै गरि कार्यक्रमका अतिथि नेपाली काङ्ग्रेस गौरादह नगर सभापती यादब राज सेडाइले भ्रस्टाचार र दुर्ब्यसन मुक्त समाज स्थापनाका लागि खेल एक कोसेढुङ्गा हुने भएकोले नब गठित मन्च सकारात्मक समाज निर्माणका लागि कोसे ढुङ्गा हुने बिचार ब्यक्त गर्नु भएको छ । आयोजित बुद्दिचाल ( चेस ) खेल प्रतियोगितामा गौरादह नगरपालिका वडा न ७ निवासी सरोज कडरिया (४/४) रेटिङ स्केलका साथ प्रथम , दितिय स्थान गौरादह ९ निवासी राजकुमार बान्तबा(४/३) , त्यसै गरि गौरादह नपा वडा न १ निवासि मान प्रसाद लिम्बू( ४/२) रेटिङ स्केलका साथ तृतीय स्थान हासिल गर्न सफल भएका छन , बिजेताहरुलाई क्रमस रु ५०००/- रु ३०००/- र रु २०००/- नगदको साथमा प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको छ । समापन तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार साह, उध्योग बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन कुमार राइले बिजेताहरुलाइ नगद पुरस्कार प्रमाणपत्र तथा मेडल हस्तान्तरण गर्नु भएको छ । साथै कार्यक्रममा चेस खेलका प्रमुख प्रशिक्षक भुपेन्द्र निरौलालाई सम्मानपत्रका साथमा मायाको चिनोले सम्मानित गरिएको थियो । मञ्चका अध्यक्ष बेणु प्रसाद अधिकारिको सभापतित्वमा आयोजित कार्यक्रममा सस्थाका कानुनी सल्लाहकार सामाजिक ब्यक्तित्व देबेन्द्र कुमार खड्का , गौरादह जेसिज २०१७का बर्ष ब्यक्ती क्रान्तिदिप काफ्लेलगायतले नब गठित मञ्चबाट आगामी दिनहरुमा यस्तै सकारात्मक कार्यक्रमहरुको निरन्तरताको अपेक्षा सहित सस्थाको उज्ज्वल भबिस्यको कामना गर्नु भएको छ । कार्यक्रम सस्थाका सचिब आत्माराम राजबन्सीकाे सञ्चालन र सह-सचिब युबराज रेग्मि स्वागत मन्तव्य रहेकाे थियाे ।

20181107_125924

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार  २ : ११ बजे